सागर भण्डारी,बडिगाड । बडिगाड गाउँपालिकाको एक विद्यालयमा कार्यरत शिक्षकमा कोरोना पुष्टी भएपछि विद्यालय बन्द गरिएको छ ।
बडिगाड गाउँपालिका वडा नं ५ स्थित खार माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टी भएपछि विद्यालय बन्द गर्ने निणर्य गरिएको विद्यालयले एक विज्ञप्ति जारी गरि जनाएको छ ।
भदौ देखि पठन पाठन नियमित हुँदै आएको विद्यालयलाई आपत्कालिन रुपमा पौष २३ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निणर्य गरिएको विद्यालयका प्रधानाध्यापक मोहन बहादुर जिसीले जानकारी दिनुभयो ।
ती शिक्षकमा संकास्पद लक्षण देखिएको र सोही अनुसार एन्टिजिन परिक्षण गर्दा कोरोना सक्रंमण पुष्टी भएको बडिगाड गाउँपालिका स्वास्थ्य शाखा सयोंजक चुडामणी कडेंलले जानकारी दिनुभयो ।
विद्यालय केही समय बन्द गरेर विद्यार्थीहरुलाई घरमै बस्न आग्रह विद्यालय व्यवस्थापन समितिले गरेको र सोही अनुसार गाउँपालिकाले संकास्पद लक्षण देखिएमा परिक्षणको दायरा बढाउने गरी तैयारी गरेको उहाँको भनाई छ ।