बडिगाड – २ दनियाँमा काँग्रेसको टोल समिति गठन !

बडिगाड – २ दनियाँमा काँग्रेसको टोल समिति गठन !

Badigad Online
1 Min Read

सागर भण्डारी,बडिगाड । नेपाली काँग्रेस बडिगाड गाउँ कार्य समितिले टोल समिति गठन कार्यलाई तिब्र रुपमा अगाडी बढाएको छ ।

जसअन्तर्गत आईतबार बडिगाड गाउँपालिका वडा नं २ दनियामा टोल समिति गठन गरिएको छ । तुल बहादुर रानाको सभापतित्वमा २५ सदस्यीय टोल समिति गठन गरिएको बडिगाड काँग्रेसले जनाएको छ ।

जसको उप-सभापतिमा पुनाराम राना र सुमन राना, सचिवमा कमल राना र राजन राना, सह सचिवमा किसान राना र छमाया राना तथा कोषाध्यक्षमा रन ब.राना सर्वसम्मत चयन हुनुभएको छ ।

कार्यक्रममा क्षेत्रीय प्रतिनिधिहरु होसियार सिहं थापा, गोकुल गिरी, नेपाली काङ्ग्रेस बडिगाड गाउँपालिका उपाध्यक्ष प्रेमला अर्याल, वडा नं २ उपाध्यक्ष गन बहादुर श्रीस लगायतको उपस्थिति रहेको थियो ।

नेपाली काङ्ग्रेस बडिगाड गाउँपालिका वडा नं. २ का सभापति डिल बहादुर रानाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव कमल रानाले गर्नुभएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित