बडिगाड नदी किनारमा एक पुरुषको शव फेला !

बडिगाड नदी किनारमा एक पुरुषको शव फेला !

Badigad Online
1 Min Read

deathशवशबढिगाड नदि किनारमा एक जना युवाको शव फेला परेको छ । हिजो १८ गते आइतबार  करिब साझको ५:३० बजे वामी र भुवाचिदी को बिच भेडुवा भन्ने स्थानमा  उक्त शव भेटिएको हो।

मुनपा १ पौदी अमराइ बस्ने अन्दाजी २५/२६ वर्षिय बिष्णु मगर हिजो १/२ बजेको समयमा घर बाट साथी राजेश सुनार सङ्ग उनको मोटरसाइकलमा मुनपा ४ तर्फ ससुराली जाने भनेर हिडेको तर राजेशलाइ बिच बाटो बाटै फर्काएका बिष्णु मृत भेटिएका छन।

उनको टाउको मा दुई ठाउँ चोट भेटिएको र छातिमा पनि सामान्य चोट देखिएको वामी प्रहरी चौकिका सई जनक थापाले बताउनु भएको छ ।मृतकका श्रीमति र दुई छोरी रहेको खुलेको छ । मृतक भेटिएका बिष्णुले रक्सी सेवन गरेको र झेदी पारीबाट बढिगाड खोलामा खसेको भन्ने अपुष्ट जानकारी पनि आएको छ।

शव पोस्टमार्टमका लागि सदरमुकाम तम्घास लगिएको र घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित