जीवन पाण्डे, बडिगाड बाग्लुङ्ग, २२ श्रावण – ११ औ राष्टृय रनिङसिल प्रतियोगिता २०७६, बाग्लुङ्गमा भएको जिल्ला छनोट प्रतियोगितामा प्रथम, दित्तिय र तृतिय हुन सफल भएका खेलाडि एबम बिद्यालयलाइ एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको छ । कार्यक्रम बडिगाड ०५, खारबजार स्थित खार मा.वि को प्राङ्गणमा भएको हो ।
खेलाडी तथा प्रशिक्षक संघ बाग्लुङ्गका अध्यक्ष राजन पाइजाले सन्चालन गरेको उक्त कार्यक्रममा सभापतिको रुपमा मोहन जि.सि, प्रमुख अतिथी बडिगाड गाउपालिका का अध्यक्ष मेहरसिङ पाइजा, बिशिष्ठ अतिथी प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सिबेदी, बाग्लुङ्ग जिल्लाका प्रमुख कराते प्रशिक्षक धनराज महर्जन, लेखा अधिकृत कृष्ण प्रसाद आचार्य, शिक्षाका अधिकृत कृष्ण रेग्मी, अतिथिमा त्रिभुवन मा.वि का प्र.अ ढालमणी भण्डरी, प्रहरी चौकी इन्चार्ज लालमणी भट्टराइ, वडा न. ३ का वडाध्यक्ष खडक पुन एबम वडा न. ९ का वडाध्यक्ष कृष्ण के.सि रहनु भएको छ।
कार्यक्रमको स्वागत मन्तव्य बडिगाड गाउपालिका का शिक्षा सम्योजक एबम वडा न ०३, का वडाध्यक्ष खडक पुनले दिनुभएको हो । उहाले बडिगाड गाउपालिकाको खेल क्षेत्रलाइ अगाडि बढाउन हामी तयार रहेको बताउनुभएको थियो । प्रमुख अतिथी एबम बडिगाड गाउपालिकाका अध्यक्ष मेहरसिङ पाइजाले उक्त कार्यक्रममा बोल्दै,”शारिरिक,मानसिक एबम आन्तरिक रुपमा मानिसलाइ बलियो बनाउने खेल र खेलमा अगाडि बढ्ने खेलाडिलाइ बडिगाड गाउपालिकाको तर्फबाट धेरै योगदान रहेको र सधै रहने बताउनुभएको छ ।
११ औ राष्टृय रनिङसिल प्रतियोगिता २०७६, जिल्ला छनोटमा कराते तर्फ प्रथम हुन सफल खार मा.वि स्कुललाइ ट्रफी र प्रमाण पत्र प्रदान गरियो । त्यसैगरी कबड्डि तर्फ त्रिभुवन मा.वि छात्रा तर्फबाट प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने छात्र तर्फ भानु मा.वि तृतीय हुन सफल भएको र कराते तर्फ पनि भानु मा.वि तृतिय स्थान हासिल गर्न सफल भएको थियो । सम्पुर्ण खेलाडिलाइ खेलाडिलाइ मेडल र प्रमाणपत्र प्रदान गरियो भने बिद्यालयलाइ ट्रफी र प्रमाण पत्र प्रदान गरिएको हो । पुरस्कार बडिगाड गाउपालिकाका अध्यक्ष मेहरसिङ पाइजा र प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुवेदीले हस्तान्तरण गर्नुभएको हो ।
Chat Conversation End
Type a message…
Badigad Online