अखिल नेपाल महिलासघं मुसिकोटको भेला सम्पन्न !

अखिल नेपाल महिलासघं मुसिकोटको भेला सम्पन्न !

Badigad Online
1 Min Read

रामकृष्ण कडेंल,मुसिकोट । नेपाल कम्युनिष्ट पार्टी एमाले समर्थित महिलाहरूको संगठन अखिल नेपाल महिला संघको भेला मुसिकोट नगरपालिका ७ स्थित वामीटक्सारमा सम्पन्न भएको छ ।

मुसिकोट नगरपालिकाका सबै वडाहरुबाट छनौट भइ आएका महिला प्रतिनिधिहरुको भेलाले गंगा श्रेष्ठको अध्यक्षतामा ६१ सदस्यीय अखिल नेपाल महिला संघ मुसिकोट नगर कमिटिको चयन गरेको छ । जसको उपाध्यक्षमा चित्रकला भट्टराई, बिमला लामिछाने र अमृता श्रेष्ठ रहनुभएको छ ।

त्यसैगरी सचिवमा सावित्रा विष्ट घिमिरे, उपसचिव कमला शर्मा, बसन्ती सिंजाली, ललिता तिवारी सापकोटा, कोषाध्यक्ष दुर्गा खरेल, सहकोषाध्यक्ष उषा परियार चयन हुनुभएको छ । अखिल नेपाल महिला संघ मुसिकोट नगरकमिटिको आयोजनामा सम्पन्न भेलामा मुसिकोट नगरपालिकाका उपप्रमुख तथा नेकपा एमाले जिल्ला सचिवालय सदस्य कमला शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य सीता भुसाल, नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले, नगर कमिटी सचिव गोपीकृष्ण खरेल, सत्या जिसी, कोपिला घिमिरे, यमकला खरेल, पान कुमारी बी.क, गीता बि.क र सुकमाया बि.क लगायतको उपस्थिति रहेको थियो ।

सत्या जि सीको स्वागत मन्तव्य मार्फ स्वागत गर्नुभएको थियो रहेको कार्यक्रममा गंगा श्रेष्ठको अध्यक्षता र सावित्रा विष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित