गुल्मी । अधिबेसन पश्चात कांग्रेसले मुसिकोटमा तिब्र रुपले संगठन बिस्तारका कार्यक्रमलाई अगाडि बढाएको छ । नगर कार्य समितीमा युवा सहितको नयाँ नेतृत्व आए पछि मुसिकोट कांग्रेसमा नयाँ उत्साह थपिएको छ। नेपाली कांग्रेस मुसिकोटले अहिले नगरका सबै वडामा टोल समिती गठन कार्यलाई तिव्र रुपले अगाडि बढाईरहेको छ ।
अधिकांस वडाको टोल समिती गठन कार्यमा नगर सभापती मोहन घिमिरे स्वयम् खटिएका छन। कार्यकर्तामा उत्साह जगाउने क्षमता भएका घिमिरेको सकृयताले पाटीमा नयाँ आशा जगाएको कांग्रेस कार्यकर्ताहरुले बताउने गरेका छन।
यसको अतिरिक्त वडा र टोलहरुमा भैरहेका कार्यक्रमहरुमा मुसिकोटको सिङ्गो कांग्रेस पङ्गती नै परिचालित भएको छ। कांग्रेसका पुर्व जिल्ला सचिव हरि नारायण सापकोटा, लुम्बिनि प्रदेश सदस्य बिष्णु कुमारी सापकोटा, कल्पना घिमिरे र महाधिबेसन प्रतिनिधि ज्ञानहरी सापकोटा,मुसिकोट काँग्रेसका बरिस्ठ नेता झविलाल भण्डारी पनि टोल टोलमा हुने कार्यक्रममा पुगिरहेका छन। नेपाली कांग्रेस मुसिकोटका नगर सभापती मोहन घिमिरेले सबै पक्षलाई समेटेर पाटीलाई बलियो बनाउन कुनै कसरत बाकी नराख्ने बताएका छन।
पछिल्लो समय कांग्रेसमा जनताको आकर्षण पनि बढेको छ। नगरका विभिन्न वडाहरुमा नेपाली कांग्रेस प्रबेश गर्नेहरुको लहर नै चलेको छ। नेपाली कांग्रेस मुसिकोटले संगठन बिस्तार, तरुण परिचालन र महिला संघ गठनलाई रणनितिक तवरले अगाडि बढाएको छ। आसन्न निर्वाचनमा नगर सहित नगरका अधिकांस वडा जित्ने गरि संगठन बिस्तारको कामलाई अगाडि बढाईएको नगर सभापती घिमिरेको भनाई रहेको छ। नगरमा कांग्रेसले उपसभापती सन्तोष शाक्यलाई तरुण दल र सहसचिव शुष्मा सापकोटालाई महिला संघ हेर्ने जिम्मेवारी दिएको छ। आजकाल एकै दिन धेरै स्थानमा नगर भित्रै कांग्रेसका कार्यक्रमहरु हुन थालेका छन।
बृहत कार्यकर्ता भेला हुँदै
नेपाली कांग्रेस मुसिकोटले यहि पौष २५ गते वामी टक्सारमा बृहत कार्यकर्ता भेला तथा सम्मान कार्यक्रम आयोजना गर्दै छ। उक्त कार्यक्रममा नेपाली कांग्रेसका नव निर्वाचित केन्द्रीय सदस्य चन्द्र बहादुर केसि, लुम्बिनी प्रदेश उपसभापती भुवन प्र श्रेष्ठ, जिल्ला कार्यसमिती गुल्मीका सभापती खिलध्वज पन्थी लगायतको उपस्थिती रहने कांग्रेस मुसिकोटले जनाएको छ।
नेपाली कांग्रेसले उक्त कार्यक्रममा सकृय रुपले सहभागी हुन नगरका सम्पुर्ण अगुवा कार्यकर्तालाई आग्रह गरेको छ।