सागर भण्डारी,गुल्मी । नेकपा (एमाले )गुल्मीको अध्यक्षमा बालसिहं काउछा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
सदरमुकाम तम्घासमा जारी ११ औं जिल्ला अधिबेशनबाट अध्यक्षमा बालसिङ काउछा सर्वसम्मत निर्वाचित हुनुभएको हो । काउछा सय अगाडी उपाध्यक्ष हुनुहुन्थ्यो ।
त्यस्तै ११ औँ अधिवेशनबाट पाटी सचिबमा गणेश श्रीपालि पनि सर्वसम्मत निर्वाचित हुनुभएको छ । अन्य पदमा भने सहमती हुदै गरेको नेकपा एमालेले जनाएको छ । अबिधेशनको नेकपा एमाले केन्द्रिय सचिव गोकणर् बिष्टले शुक्रवार उद्घाटन गर्नुभएको थियो ।
अधिबेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ । जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ । जिल्ला कमिटीको संख्या मध्ये ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुनेछन् । नेकपा एमाले गुल्मीमा १० हजार १८४ जना संगठीत सदस्य रहेका छन् ।
Badigad Online