लक्ष्मी नारायण महिला कृषि सहकारी संस्था लिमिटेड वामीको नवौँ साधारण सभा सम्पन्न !

लक्ष्मी नारायण महिला कृषि सहकारी संस्था लिमिटेड वामीको नवौँ साधारण सभा सम्पन्न !

Badigad Online
2 Min Read

बडिगाड अनलाइन,गुल्मी । लक्ष्मी नारायण महिला कृषि सहकारी संस्था लिमिटेड मुसिकोट नगरपालिका ७ वामीको नवौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

एकका लागि सबै सबैका लागि एक भन्ने नाराका साथ हाटबजारमा सम्पन्न साधारण सभामा सहकारीकी अध्यक्ष यमुना घिमिरेले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले सहकारीमा हालसम्म ५ सय २२ जना शेयर सदस्य आबद्ध भएको र संस्थाको झण्डै ५० लाख पूँजी रहेको जानकारी गराउनुभएको थियो ।

त्यस्तै घिमिरेले मुसिकोट नगरपालिकाको वडा नं ७ र ८ मा कार्यक्षेत्र बनाई महिलाहरुलाई शशक्तिकरण गर्दै आयआर्जनमा जोड्नका लागि तरकारी, मौरी, मकै उत्पादन,सामुहिक आलु खेती लगायतका क्षेत्रमा सहकारीले लगानी बढाएको भन्दै महिला दिदीबहिनीहरुलाई आवश्यक तालिम र सीप समेत प्रदान गर्दै आईरहेको बताउनुभयो ।

सोही अवसरमा सहकारीकी लेखा सयोंजक सरस्वती श्रेष्ठले आर्थिक वर्ष २०७७/०७८ को ५३ लाख २३ हजार ९ सय ३२ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले नेपालको अर्थतन्त्र चलायमान बनाउन १८४४ बाट सुरु भएको सहकारीको अवधारणा अहिले आएर निकै फराकिलो र अर्थतन्त्रको मेरुदण्ड बनेको बताउनुभयो । उहाँले कृषकहरुलाई सहकारीमा आबद्ध बनाई आयआर्जन र आर्थिक क्रियाकलापको माध्यम बनेको भन्दै उहाँले सहकारी समृद्ध भए मुसिकोट नै समृद्ध बन्ने कुरामा जोड दिनुभयो । भुषालले सुशासन कायम गर्न समेत सहकारीको भुमिका रहने बताउनुभयो ।

कार्यक्रममा जिल्ला सहकारी सघं सदस्य गोपिकृष्ण खरेल, मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्य रेणु भारी प्रधान, कृषि अधिकृत जनक पौडेल, पशु शाखा प्रमुख महेन्द्र पन्थी, गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंका सचिव महेश्वर घिमिरे,नेपाल पत्रकार महासघं गुल्मीका कोषाध्यक्ष कौरव खत्री, रेडियो पुष्पाञ्जलीका स्टेशन म्यानेजर प्रकाश घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

लक्ष्मी नारायण महिला कृषि सहकारी संस्थाकी अध्यक्ष यमुना घिमिरेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन व्यवस्थापक कृष्ण गुरुङले गर्नुभएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित