मीत बुवाको ठाडो किरियाकर्म मा बसेका गोबिन्द ३ दिनमा प्रेसरको कारण मृत्यु !

मीत बुवाको ठाडो किरियाकर्म मा बसेका गोबिन्द ३ दिनमा प्रेसरको कारण मृत्यु !

Badigad Online
2 Min Read

मीत बुवाको ठाडो किरियाकर्म मा बसेका गोबिन्द ३ दिनमा प्रेसरको कारण मृत्यु !

जीवन पाण्डे, बडिगाड बाग्लुङ्ग, २६ श्रावण,
बडिगाड गाउपालिका ०७, भिमगिठे का आफ्नो मीत बुवा भिम बहादुर थापा को ठाडो किरियाकर्म मा बसेका निशिखोला गाउपालिका ०७, राजकुतका गोबिन्द सार्कीको प्रेसरले हानी निधन भएको छ । उनी किरियाकर्म मा वसेको आज ३ दिन भएको छ । उनी आज बिहान उठेपछि गाई बस्तुलाइ घास काटेर घर आइ सौचालए गएका थिए । बिहान करिव ८:२० बजे सौचालय गएका उनि त्यही ढलेको उनकी श्रीमति ले थाहा पएपछी उठाएर घरसम्म ल्याएकी हुन । घरमा आएपछि गोबिन्द उठे अनि आफैले शरिरमा पानी हाल्न थाले अनि आफैले,”मलाइ त प्रेसरले हाने जस्तो छ ।” भनेका हुन भन्दै उनका भाइ रेशम सार्किले बडिगाड अनलाइनलाइ बताएका छन । त्यस लगत्तै उनी दुबै हातमा मुठ्ठी कसेर फेरि लडेका हुन ।

त्यसपछी उनलाई बडिगाड -०९, दर्लिङ्गखोला को एक मेडिकलमा ल्याइयो हो । उक्त मेडिकलले आफू उनको उपचार गर्न नसक्ने कुरा बताएपछी उनलाइ उपचार गर्न बडिगाड -०५, खार बजारमा रहेको बडिगाड पोलिक्लिनिक मा करिव १२:२० मा ल्याइएको बडिगाड पोलोक्लिनिक ले बताएको छ र उनको त्यहा ल्याउन भन्दा अगाडिनै निधन भइसकेको पोलिक्लिनिक ले प्रमाणित गरेको छ ।

मृतक गोविन्दको परिवारमा ३ भाइ छोरा, ३ बहिनि छोरी एबम श्रीमती छ्न । उनी बिगत केही बर्ष यता बडिगाड गाउपालिका -०७, भिमगिठेमा जुता पसल गर्दै आएका थिए र उनी जुता आफै पनि बनाउने गर्थे । उनले पहिला देखिनै प्रेसरको औषधि खाइराख्नु पर्ने थियो तर उनी नियमित औषधि नखादा वा कहिले खाने कहिले नखाने गर्दा यो समस्या आएको बताइएको छ । अहिले यसरी अचानक प्रेसरको कारण मृत्यु हुनेको संख्या बढिराखेको छ । कृपया प्रेसरको औषधि नियमीत खाने गरौ र नियमित चेकजाँच गराउ । मृतक गोबिन्द प्रती हार्दिक श्रद्धाञ्जली !!

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित