मुसिकोट नगरपालिका वडा न १ मा १५१ सदस्यीय नेपाल तरुण दल वडा कार्य समितिको गठन भएको छ। मुसिकोट-१ को सिम्लेमा सम्पन्न भएको वडा अधिबेसनले बिमल केसिको सभापतित्वमा उक्त समिती सर्वसम्मत रुपले चयन गरेको हो। अधिबेसनको उद्घाटन सत्रमा नेपाली कांग्रेस गुल्मी क्षेत्र न २ “क” का सभापती झबिन्द्र अर्यालले प्रमुख अतिथिको रुपमा सभालाई संबोधन गरेका थिए।
सभालाई संबोधन गर्दै अर्यालले अब मुसिकोट-१ को बिकासको जिम्मा नेपाली कांग्रेसले लिने बताउदै युवाहरुलाई मुसिकोट नगरपालिकामा कांग्रेसलाई बिजयी बनाउने अभियानमा लाग्न आग्रह गरे। कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य द्वय कल्पना घिमिरे र बिष्णु कुमारी सापकोटाले वडा न १ मा देखिएको तरुणहरुको उत्साहले कांग्रेसले नगरपालिका विजय गर्ने बलियो आधार तय भएको बताए।
नेपाली कांग्रेसका पुर्व जिल्ला सचिव हरि नारायण सापकोटाले एमालेको भ्रममा नपर्न अनुरोध गर्दै सिम्ले राजबारी क्षेत्रमा कांग्रेसले सहयोग गरिरहेको र भबिष्यमा पनि गर्ने प्रतिबद्धता जाहेर गरे। सभामा विशेष अतिथिको रुपमा बोल्दै नेपाली कांग्रेसका नगर सभापती मोहन घिमिरेले युवाहरुलाई कांग्रेस जिताउने अभियानमा लाग्न आव्हान गरे।
अधिबेसन सफलताको सुभकामना दिदै घिमिरेले अब नगरमा कांग्रेसले हार्यो भने यहाका नागरिकहरु अभिभावक बिहिन हुने बताउदै ठिक समयमा ठिक निर्णय लिएर अघि बढ्न आग्रह गरे। नेपाल तरुण दलले मुनपा-१ मा शयौ युवाहरुको उपस्थितिमा वडा अधिबेसन आयोजना गरेको थियो। उक्त कार्यक्रममा मुदिकोट नगर सदस्य झबिलाल भन्डारी, बडिगाढ गाउँ पालिका बागलुङ्गका कांग्रेस सभापती कृष्ण गुरुङ्ग, जिल्ला सदस्य रबि थापा लगायतले संबोधन गरेका थिए।
उद्घाटन सत्रमा नेपाली कांग्रेसका जिल्ला सदस्य भोमा खरेल, बिष्णुराज भन्डारी, नगर उपसभाती सन्तोश शाक्य, सहसचिव शुष्मा सापकोटा तिवारी, वडा न १ का सभापती दान बहादुर केसि, वडा अधक्ष्य पुर्ण बहादुर हितान मगर, नगर सदस्य रबिन्द्र केसि, योगेन्द्र खरेल, जीवन अर्याल, चुरामणी घिमिरे, साबित्रा रजाली,महेन्द्र शाही, रामचन्द्र खाती, वडा न १ का सचिव महादेव खरेल, हरी केसि, वडा न ७ का सचिव डिलाराम खरेल लगायतको उपस्थिती रहेको थियो।
तरुण दल वडा न १ का सभापती भिम बहादुर पान्डेयको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव हरी केसिले गरेका थिए। मुसिकोट नगरपालिका वडा न १ को बढिगाढ नदिको किनारमा अबस्थित सिम्ले- राजबारी क्षेत्रमा आयोजना गरिएको तरुण दलको अधिबेसनले रणनितिक अर्थ राख्ने कांग्रेस नगर सभापती घिमिरेले बताए।
उक्त कार्यक्रममा एमालेले पार्टी प्रबेश गराएको भनिएका मुनपा-१ बांगेका प्रेम परियार पुन कांग्रेसमा औपचारिक रुपले प्रबेश गरेका थिए। उनलाई तरुण दलको वडाको कोषाध्यक्ष्यको जिम्मेवारी दिइएको छ। समितिको उपसभातिमा नरेन्द्र केसि र देव अर्याल, सचिवमा ऋषिराम खरेल र सहसचिवमा भिम मगर निर्वाचित भएका छन।