विवाहको एक महिना नपुग्दै पति वियोगकोको कुनोमा नुमा !

विवाहको एक महिना नपुग्दै पति वियोगकोको कुनोमा नुमा !

Badigad Online
2 Min Read

प्रेम सुनार गुल्मी : लामो समय देखिको प्रेम सम्वन्धलाई बैवाहिक जिवनमा परिणत गर्न पाएकोमा स्वतः हर्षित र गर्वित थिए अर्घाखाँची पुर्खेयौली घर भएका बुटवल निवासी ३० बर्षीय पशुपति रसाईली र उनकी नव वेहुली २४ बर्षीया नुमा सारु मगर ।

गत मंंसिर महिनाको २६ गतेका दिन उनीहरुले बुटवलको शिद्धबाबा मन्दिरमा अन्तरजातिय प्रेम विवाह गरेका थिए । तर दुर्भाग्य विवाहको एक महिना नपुग्दै यति बेला नुमा सारु मगर उनै नव वेहुलाको मृत्यु्को काजकिरियाको कुनोमा छन् ।

यस्तो ह्ृदय विदारक घटना निम्ताएको थियो पुस १८ गते पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लग्वामा भएको बस दुर्घटनाले । ‘हिड्दा मलामी फर्किदा लास’ विरलै घट्ने घटना हुन तर पाल्पा बस दुर्घटनामा त्यही भयो । अर्घाखाँचीको मालारानी नव दाम्पत्य जिवनको उत्साह चलिरहेकै बेला पुस १७ गते पशुपतिका बृद्ध बाबु बीरबहादुर टोमटाको असमायिक निधन हुन पुग्यो ।

आफ्नो पुर्खेयौली घाट रिडीमा लैजानु है भन्ने बाबुको सपना पुरा गर्न छोराहरु अर्जुन रसाईली, पशुपति रसाईली लगायतले पुस १८ गते दाहसंस्कारका लागि बस रिजर्भ गरेर रिडी तर्फ हिडाले ।

रिडी घाट पुग्न बढिमा १५ मिनेट बाँकी छँदा बस खस्यो तल बारीमा बसबाट पहिल्लै अत्तालिदै हाम्फाल्नेहरु सबै च्याँपिए । एै.. पनि गर्न नपाई ७ जनाले ज्यान गुमाए । ती मध्ये केहि दिन अघि मात्र विवाह गरिएको मृतक बीरबहादुरका छोरा पशुपति पनि थिए । घरमा अघिल्लो दिन देखि रुवासी थयो नै त्यस माथी अर्को मृत्यु घटनाले मुर्छित बने परिवारजन । दुई जना बसाई सराई गरेका सहित त्यस दुर्घटनामा परि मालारानी गाउँपालिका –२ कुभिन्डे गाउँका ५ जना होनाहार युवाहरुले ज्यान गुमाएका थिए ।

त्यस गाउँका २५ वर्षीय शंकर विक, ३६ वर्षीय मोहन कुँवर, २८ वर्षीय भोजेन्द्र विक र ३३ वर्षीय अर्जुन विक र सोही स्थान पुर्खेयौली घर भई बुटवल उपमहानगरपालिका– १७ मा बस्दै आएका ३० बर्षीय पशुपति रसाईलीले ज्यान गुमाएका हुन् । त्यस्तै बुटवल–११ बस्ने ३२ वर्षीय विजय थापा क्षेत्री र वडा नम्बर १७ का ४० वर्षीय खुमबहादुर रानाको घटनास्थलमै मृत्यु भएको थियो ।

पशुपति उनै मृतक वीरबहादुरका छोरा थिए । बस दुर्घटनामा परि बाँच्न सफल मृतक पशुपतिका माईला दाजु अर्जुन रसाईली भन्छन्–‘ बाबुको सपना पुरा गर्न जाँदा संस्कारको उल्टो भयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित