गुल्मी । बडिगाड गाउँपालिकाका एक विपन्न परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ । बडिगाड गाउँपालिका वडा नं ९ नयाँ वस्ती स्थित चन्द्र बहादुर वि.कको परिवारलाई सहयोग हस्तान्तरण गरिएको हो ।
रोजगारीको लागि भारत गएका चन्द्र दुर्घटनामा परि खुट्टामा चोट लागेपछि हिँड्डुल नै गर्न नसक्ने अवस्थामा छन् । २ छोरा र २ छोरी तथा श्रीमती रहेको परिवारको दैनिकी गुजारा चलाउने अभिभावकै विस्तारामा थलिएपछि उक्त परिवारमा जिविकोपार्जनका लागि समेत समस्या रहेको थियो । उनकी श्रीमती र जेठी छोरीले पढाईनै छाडेर अर्मपर्म गरी जिविको निर्वाह गर्दै आईरहेका छन् ।
उनीहरुको यस्तो कठिन स्थितिका विषयमा जिटिभि नेपालका सञ्चालक चर्चित सञ्चारकर्मी दिपक नेपालीले कार्यक्रम सघंर्षका कथा मार्फत भिडियो सामाग्री युटुबमा राखेपछि देश विदेशबाट सकंलित रकम परिवारको घरमै गएर हस्तान्तरण गरिएको हो । उक्त भिडियो हेरेपछि सिता गौचनको पहलमा सकंलित १ लाख १ हजार रुपैयाँ मध्ये ५६ हजार ५ सय नगद र बाँकी रहेको पैसाको खाद्यान्न, लत्ताकपडा,स्टेशनरी लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि एवम् बडिगाड गाउँपालिका वडा नं ७ का वडाध्यक्ष कृष्ण गुरुङले चन्द्र वि.कको अवस्थाको बारेमा भिडियो सामाग्री बनाउने नेपाली र सहयोग गर्ने सिता गौचन प्रति आभार व्यक्त गर्नुभयो । उहाँले यति सहयोगले पनि छोराछोरीको पढाई खर्चका लागि प्रसस्त हुने भन्दै सहयोग रकम र सामाग्रीको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । साथै अन्य केही समस्या परेमा आफुलाई पनि सम्पर्क गर्न उहाँले आग्रह समेत गर्नुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं ९ की वडा सदस्य सुमित्रा के.सी, समाजसेवी टेक बहादुर बुढाथोकी, विजय केसी, रेडियो पुष्पाञ्जलीका स्टेशन म्यानेजर प्रकाश घिमिरे, जिटिभि नेपालका सञ्चालक दिपक नेपाली, सुरज परियार लगायतको उपस्थिति रहेको थियो ।
बडिगाड गाउँपालिका वडा नं ९ का वडा सदस्य युद्ध बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार सागर भण्डारीले गर्नुभएको थियो ।
सहयोगीहरु..
1-सिता गौचन -£50
2-पुर्ण कुमारी गुरूङ -£50
3-बालकुमारी गुरूङ -£50
4-लिला गुरूङ -£50
5-श्रीकाशी गुरूङ -£50
6-खुशकुमारी गुरूङ -£50
7-सुनिता गुरूङ -£50
8-गंगा गुरूङ -£50
9-जमुना गुरूङ -£50
10-प्रेम पुन -£50
11-सन्तोसी गुरूङ -£50
12-ईन्दु तमाङ -£25
13-नैना गुरूङ -£15
14-कमला राई-£15
15-देवी तमाङ-£15
16-दुर्गा सिक्देल-£11
जम्मा £ 631 : नेपालीमा रू: एक लाख एक हजार एक सय