गुल्मीको मुसिकोटमा जिप दुर्घटना : ४ जना घाईते !

गुल्मीको मुसिकोटमा जिप दुर्घटना : ४ जना घाईते !

Badigad Online
1 Min Read

गुल्मी : गुल्मीमा जिप दुर्घटना भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ९ ददल्कामा पिकअप जिप दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परी जीपमा सवार ४ जना घाईते भएका छन् ।

मुसिकोट ९ उर्लेनिबाट बाग्लुङको काँडेबास तर्फ यात्रु र सामाग्री लिएर जाँदै गरेको लु १ च ७२९८ नम्बरको पिकअप जिप सडकबाट झण्डै ४० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

जिपमा सवार ७ जना मध्य चालक सहित ४ जना गम्भिर घाईते भएको र ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गम्भीर घाईते ४ जनालाई उपचारको लागि पाल्पा पठाईएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित