विपिन विश्वास रायमाझी
कुनै एउटा व्यक्तिको जन्मपछि उस्को जीवन कस्तो बन्ने भन्ने कुरा मुख्यत परिवारपछि समाजमा प्रधान रहन्छ, त्यसपश्चात परिपक्वता भएको अवस्थामा मात्र उक्त व्यक्तिमा निहित हुने हो ।
त्यसैले पनि आफ्नो जीवन, परिवारको अवस्था कस्तो बन्ने/बनाउने भन्ने कुरा समाजको अवस्था,उक्त समाजमा भएका मानिसहरुको चेतनाको स्तर सङ्गै त्यहा प्रत्यक्षरुपमा राजनैतिक एव सामाजिक रुपमा नेतृत्व सम्हालेकाहरुको कुशलता र क्षमतामा पनि फरक पर्दछ ।
नेपाल सम्भवत बिश्वमै धेरै जातजातिहरुको आपसी भाईचारापूणर् बसाई भएको मुलुक हो । जहाँ औसत विश्वका धेरै ठाउँ भन्दा शान्त सालिन व्यवहार भएका मानिसहरु बस्दछन । समस्या नै नहुने रामराज्य त कहाँ हुन्छ र ? भन्छन राम राज्यमा पनि समस्या थिए । त्य्सैले नेपाली समाज समस्या विहिन भने होइन हामिकहा कतिपय अत्यन्तै दर्दनाक स्थिति अवस्था भएका ठाउहरु पनी छन । त्यसको अलवा शान्त स्वभावका नेपाली भएको हुनाले धेरै जटिलतामा पनि त्यो समस्यालाइ निणर्ायक गराउन सक्ने सवल र बौद्धिक नेतृत्व हुने हो भने नेपाली समाज सुन्दर र शान्त हुने थियो ।
समुदायमा जातियताका,वर्गसंघर्षका नाममा विभिन्न किसिमका खैलाबैला नहुने बिल्कुल होइनन् । तर ती समस्यालाई चेतपूणर् रुपबाट समाधान गर्नसक्ने हो भने हामी बाँचेका कैयौ समाज अत्यन्तै सुन्दर जीवनशैली र शान्त स्वभावका मानिस बस्ने समुदाय भनेर चिनाउन सहज हुन्थ्यो । त्यसको निम्ति मुख्यतः सामान्यतया यी विषयमा सोँच्न सकिन्छ ।
➡️ समुदायमा आईपर्ने समस्याहरुको मूल जड चेतनाको स्तर अभाव हो । विद्यालय शिक्षाबाट नै सानासाना बालबालिकाहरुलाई शिक्षित र संस्कारी बनाउदै लैजान सकियो भने, किशोर अवस्थामा (कच्चा उमेरमा) उनीहरुले गर्ने धेरै ठुला अव्यवहारिक निणर्य गर्नबाट रोक्न सकिन्थ्यो । जस्को कमीले समुदाय स्वतह ः शिक्षा र चेतनाको स्तरमा फडको मार्दै सभ्य रुपमा बस्ने जीवनको परिकल्पना गर्दथ्यो ।
➡️जातियता र वर्गका आधारमा सबैभन्दा बढी दलित अथवा पिछडिएका समुदायमा घटना हुने गर्दछन् । त्यस्ता समुदायमा माथी उल्लेख गरे जसरी शिक्षा चेतनाको स्तर सङ्गै व्यवहारिक जीवन बाँच्नको निम्ति कामहरुको सिर्जना गर्ने । नयाँ युवाहरुलाई व्यवसायिक शिक्षा दिने र समुदायमा भएको आर्थिक असमानताको खाडलबाट समाजको विभिन्न वर्गलाई समान एवं सहज जीवन बाँच्न सजिलै पुग्ने किसिमको जिवनस्तर भएको स्तरमा पुर्याउने । जस्ले गर्दा जातियता मात्र नभई आर्थिक असमानताको कारणले हुने विवाद र समस्याबाट सभ्य समुदायमा बढुवा गर्न सकिन्छ ।
➡️समाजको राजनैतिक सामाजिक एवम् आर्थिक रुपमा नेतृत्व गरिरहेका व्यक्ति एवम् वर्गहरुले समुदायको हीत,शिक्षालगायतका कुराहरुमा उल्लेखनीय सुधारका योजना र कार्यक्रम ल्याउन सक्ने हो भने समुदाय सहज रुपमा सबल बन्ने थियो ।
➡️नयाँ पुस्ताका बालबालिकाले गरिरहेको मोबाईल फोन एवं प्रविधिको गलत प्रयोग : यो कारण उठाउनु भन्दा पहिले यहि प्रविधिको सहि प्रयोगको माध्यमबाट अत्यन्तै सुन्दर जीवन बाँचिरहेका पनि छन भन्न चाहँे । प्रविधिको उकालीलाग्दो विकासका साथै अर्धचेतनसिल समाज,अशिक्षित नागरिक एवं चंचल उमेरमा उत्सुकता बोकेका नयाँ पुस्ताका किशोरावस्थाका बालबालिकाहरुको प्रविधि प्रयोगले समाजलाई नकारात्मक असर र दीर्घकालिन गम्भीर समस्याहरु खडा गरिरहेका छन । यद्यपि यो प्रविधिलाई सिमित एवं संयम तरिकाले प्रयोग गर्न सके भने केही हदसम्म दुर्घटनाहरु कम हुन्छन् ।
त्यसैले यस्ता किसिमका घटना र दुर्घटनाहरुबाट समाजलाई बचाउन यी र यस्तै सामान्य कुराहरुमा गम्भीर ध्यानाकर्षण भएर लाग्न सकियो भने सामाजिक अवस्था परिवर्तन हुने थियो र आम मानिसको जीवनस्तर परिवर्तन पश्चात् समुदाय स्वतह : सुधारोन्मुख हुने थियो ।
माथिका कारणहरुमा हेलासाइ गर्दा बाग्लुङको गल्कोटमा हालसालै घटेको एक घटनाको बारेमा केही कुरा !!
बाग्लुङ जिल्लाको गल्कोट नगरपालिकामा दुई भर्खरका किशोर किशोरीहरुको जातिय असमानताका कारण उत्पन्न समस्याले अकालमै ज्यान लिएको छ । सामाजिक संजालमा भेटिएका प्रयाप्त जानकारी अनुसार राजन सुनार र मिरा परियार नाम गरेका दुई नौजवान युवा युवती एक आपसमा प्रेममा रहेकोले उनिहरु बिहे गरेका र केटाको परिवारले जातिय असमानताको कारण छुटाएपछि केटाले आत्महत्या गरेरिसकेपछी । प्रेमीको अभाव सहन नसकेर प्रेमीका मिराले आत्महत्या गरेको खबर यतिबेला सन्जालभरी छ ।
त्यहा भएका केही जानकारी अनुसार उक्त घटना घटनुको कारण ।
- जातिय हिसाबमा उनिहरुको समुदायमा आफैमा पनि तल्लो र उपल्लो जातको विभेद र असमानताले गर्दा यो अवस्था निम्तिएको ।
- कच्चा उमेरका दुई युवायुवतीले सानो उमेरमा सोचेर बुझेर सहि निणर्य लिन नसक्दापनी यो अबस्था आएको । किनकी यदि उनिहरु अलिकति परिपक्वतामा हुन्थे भने जीवनलाई आफ्नो तरिकाले चलाउन अनेक उपाय खोज्न सक्थे ।
- मौन रुपमा रहेको नदेखिएको आर्थिक असमानताको पनि मुख्य भुमिका रहेको दुबै परिवार आर्थिक रुपमा सम्पन्न भएको अथवा तल पर्ने परिवार आफू आफैमा सबल भैदेको भए अर्कोले प्रश्न उठाउन सक्दैन्थ्यो ।
यस्ता समस्याका बाबजुद यो एक्काइसौं शताब्दिमा पनि यसरी जातिय आधारमा हुने घटना दुर्घटना मात्र नभएर हत्या हुन । हामी नेपाली समाजमा सभ्य र सहज रुपमा बाच्न चाहान्छौ भनेर शिक्षा र चेतनाको स्तरलाई वृद्धि गर्दै आर्थिक रुपमा सहज भएर चेतनशील नागरिक बनँौ र प्रविधिको सहि सदुपयोग गरौं ।