बडिगाड मा बक्तृत्वकला प्रतियोगिता सम्पन्न कुन कुन बिधालय का बिधार्थी भए प्रथम द्दितिय र तृतिय?

बडिगाड मा बक्तृत्वकला प्रतियोगिता सम्पन्न कुन कुन बिधालय का बिधार्थी भए प्रथम द्दितिय र तृतिय?

Badigad Online
2 Min Read

दिनेश शर्मा श्रावण २८ बडिगाड बाग्लुङ
बडिगाड युवा मन्च ले विश्व युवा दिवसको अवसरमा आयोजना गरेको बडिगाड गाउपालिका स्तरिय माध्यमिक बिधालय हरु बाट ७ वटा बिधालय, बाट १३ जना बिधार्थिहरु सहभागी भएका थिए।
बडिगाड युवा मन्च का अध्यक्ष ढालेन्द्र शेरचन को अध्यक्षता बडिगाड गाउपालिका अध्यक्ष मेहरसिह पाइजा को प्रमुख आतिथ्यता प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुबेदी को बिशिस्ट आतिथ्यता बडिगाड गाउपालिका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख कृष्ण राज रेग्मी, नेकपा बडिगाड का अध्यक्ष गुणानिधी घिमिरे,वडा न १ का वडाअध्यक्ष बोम ब थापा,महिला तथा बालबालिका शसक्तिकरण केन्द्र का प्रमुख बिना थापा ,युवा मन्च का पुर्ब उपाध्यक्ष तथा राष्ट्रिय खेलाडी राजन पाइजा बिभिन्न बिधालयका शिक्षक प्रतिनिधी, ब्रह्माकुमारी इश्वरिय बिश्वबिधालय कि सुनन्दा दिदि लगाएत को आतिथ्यता रहेको कार्यक्रम मा कृष्णराज रेग्मी को सम्योजकत्व मा बोम ब थापा र बिना थापा रहेको तिन सदस्यिय निर्णायक टोलि को मुल्यांकन समिती रहेको थियो ।
उक्त प्रतिस्पर्धा मा प्रतियोगी हरुले युवा बिधार्थिमा लागु औषध को असर बिषयमा आफ्ना भनाइ राखेका थिए प्रतिस्पर्धामा खड्गदेबी मा बि बडिगाड १ कि बिपना दर्लामी प्रथम,बुद्द मा बि बडिगाड ६ कि मिनु पाइजा द्दितिय र त्रिभुवन मा बि बडिगाड २ कि अस्मिता बन तृतीय भएका थिए उत्कृष्ट बिधार्थी हरुलाइ प्रमुख अतिथी पाइजा ले पुरस्कार प्रदान गरेका थिए।
आयोजक ले सहभागी सबै बिधार्थी लाइ सहभागिता स्वरुप को पुरस्कार को समेत ब्यवस्था गरेको थियो।कार्यक्रम मा बोल्ने बक्ता हरुले समाज सुधार को क्षेत्रमा बडिगाड युवा मन्च ले योगदान पुर्याएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए कार्यक्रम मन्च का उपाध्यक्ष दिनेश शर्मा को स्वागत मन्तब्य बाट सुरु भइ मन्च कि सचिब सुमित्रा घिमिरे खत्री को सन्चालन मा सम्पन्न भएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित