सागर भण्डारी,मुसिकोट । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्बन्धी कार्यशाला गोष्ठी मुसिकोटमा सम्पन्न भएको छ ।मुसिकोट नगरपालिकाको आयोजना र प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
स्थानीय तहले आफ्नो क्षेत्रको विकासका लागि आवधिक/बार्षिक योजना तर्जुमा गर्दा महिला/बालबालिका तथा पिछडिएको समुदायको विकासको लागि आयमूलक तथा सीपमूलक कार्यक्रमहरुलाई प्राथमिकता दिएको नदिएको र उनीहरुको सहभागीता सुनिश्चित गरेको नगरेको विषयमा परीक्षण गरिएको थियो ।
कार्यक्रमको सहजीकरण गर्दै डा.गिता भट्राईले यस परिक्षणले सविंधानमा व्यवस्था भएबमोजिम मुसिकोट नगरपालिकामा लैङ्गिक समानता र सामाजिक समावेशीकरणको अवस्था कस्तो छ भन्ने थाहा हुने बताउनुभयो ।
सोही अवसरमा मुसिकोटमा यसको अवस्थाको बारेमा विभिन्न १०० सुचकको आधारमा परीक्षण गरिएको थियो । जसमा सुशासन, नीति कानुन तथा योजना, संस्थागत क्षमता, मानव संसाधन तथा क्षमता विकास र सेवा प्रवाह गरी ५ वटा विषयमा जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला सम्मिलित ५ वटा समुहले ती सुचकमा भएको व्यवस्था र त्यसको प्रमाणिकरणको आधारका बारेमा अभ्यास गरेका थिए ।
उक्त अभ्यासबाट १०० पूणर्ाङ्कमा नगरपालिकाले ७६.५ अकं प्राप्त गरेको छ । उक्त अभ्यासबाट लैङ्गिक समानता र समावेशीकरणको क्षेत्रमा सबल पक्ष र दुर्बल पक्ष तथा सुधार गर्नुपर्ने पक्ष पनि औँल्याईएको थियो । ती विषय वस्तुका आधारमा कार्ययोजना तैयार गर्ने र आमागी नीति तथा कार्यक्रममा उक्त विषयहरु समेटेर अगाडी बढ्ने मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाले बताउनुभयो । उहाँले अभ्यासमा उठेका कुराहरुलाई व्यवहारत कार्यान्वयनमा लैजान र पिछडिएको समुदायलाई समेटेर अगाडी बढ्न नगरपालिका तत्पर रहेको धारणा व्यक्त गर्नुभयो । नगरप्रमुख सवैंधानिक रुपमा व्यवस्था भएबमोजिम समावेशी रुपमा नगरपालिका अगाडी बढेको र भोलिका दिनमा पनि ती कुराहरुलाई समावेश गरेर अगाडी जाने बताउनुभयो ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले सामाजिक विकास नभए अन्य विकासका आयामले पनि गति नलिने भन्दै यस परिक्षणले नयाँ सिकाई र अभ्यास भएको बताउनुभयो । साथै उहाँले कमीकमजोरी रहेका विषयहरुलाई आमागी आर्थिक वर्षमा समेट्ने गरी अगाडी बढ्ने पनि बताउनुभयो ।
अभ्यासका क्रममा सुशासनका विषयमा नगरपालिकाका सुचना प्रविधि अधिकृत समुन्द्र विक्रम रायमाझी, नीति कानुन तथा योजनाका विषयमा उजुरी प्रशासक विष्णु प्रसाद खरेल, संस्थागत क्षमताका विषयमा प्रशाशन शाखा प्रमुख प्रकाश घिमिरे, मानव संसाधन तथा क्षमता विकास विषयमा वास शाखा प्रमुख सिता भुषाल र सेवा प्रवाहका विषयमा महेन्द्र घिमिरेले प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष पूणर् बहादुर हितान, ४ का अध्यक्ष ओम बहादुर खत्री, ७ का वडाध्यक्ष प्रकाश काफ्ले, ८ का वडाध्यक्ष नारायण सापकोटा, वडा नं ९ का वडाध्यक्ष नरेश राज खरेल, सामाजिक विकास समिति सयोंजक हरि प्रसाद छन्तेल, वन तथा वातावरण समिति सयोंजक सत्या कुमारी जिसी लगायत जनप्रतिनिधि कर्मचारी र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
नगर प्रमुख सोमनाथ सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालको विशेष आतिथ्यता तथा महेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।