बडिगाड । बाग्लुङको बडिगाड गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत बडिगाडको एक्लेखेत नजिकै लु ५१ प ५८५२ नं को मोटरसाईकलले पैदल यात्रा गरिरहेका एक व्यक्तिलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
मोटरसाईकलको ठक्करबाट बडिगाड ६ ठुलाबेसीका अन्जान थापा घाईते भएको प्रहरीले जनाएको छ । उनको बाँया खुट्टा र टाउकोमा गम्भीर चोट लागेको प्रहरीको भनाई छ ।
त्यस्तै बाईकको पछाडी सवार निशिखोलाका नविन चन्द पनि घाईते भएका छन् । घाईते दुबैको स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारका लागि पाल्पा रिफर गरिएको खार प्रहरी चौकी ईन्चार्ज गुरुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
मोटरसाईकल चालक निशिखोलाका लोक बहादुर चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Badigad Online