बिपत्ती मा यात्रु हरुको सारथि बन्यो मदन आश्रीत प्रतिक्षालय!
जब तुरतुरे ताल फुटेर एक भयानक रुप लियो त्यसले झन्डै एक सय मिटर मध्यपहाडि सडक बगायो भिमगिठे बुर्तिबाङ सडक खन्ड पुर्ण रुपमा बन्द भयो । यसले गर्दा अहिले सम्म पनि बडिगाड को भिमगिठे देखी ढोरपाटन नगरपालिका को मल्कतिबाङ सम्म करिब डेढ घन्टाको पैदल यात्रा हिड्नुपर्ने बाध्यता छ ।
यहि मध्यपहाडी सडक को बडिगाड ७ भिमगिठे सिमलचौर मा बडिगाड गाउपालिका को आर्थिक सहयोग र स्थानियबासी को श्रमदान र सक्रियता मा स्थानिय कृष्ण भट्टराई सम्रक्षक ,दिपक रायमाझी अध्यक्षय र राजेन्द्र खत्री निर्माण सम्योजक को रुपमा जिम्मेवार रहि बनेको मदन आश्रीत प्रतिक्षालय अहिले आम यात्रुको भरपर्दो सारथि बनेको छ।
यात्रुहरु निकै टाढा टाढा बाट आफ्नो घर गाउ जान यात्रा गरेर आएपछि उक्त स्थान बाट अगाडी बढ्न बाटो असुरक्षित भएको हुदा सोहि प्रतिक्षालय मा डेढ घन्टाको पैदल यात्रा को योजना बनाउन र अझ परदेश बाट मालसामान लिएर आएका लाहुरे लाइ समेत प्रतिक्षालय मा सरसामान राखी भरिया खोज्न पाउदा निकै सहज भएको यात्रुहरु ले बताए।अहिले सोहि मदन आश्रीत प्रतिक्षालय छेउमा ब्यापारी ले सामान्य चिया पसल सन्चालन गरेका छन भने यातायात ब्यवसायी ले अस्थायी टिकट काउन्टर समेत सन्चालन गरिरहेका छन यात्रु हरुको सहजता र सुरक्षा को लागि इलाका प्रहरी कार्यलय भिमगिठे ले प्रहरी समेत खटाउने गर्दछ। आफ्नो पढाइ केहि महिनाको लागी सकेर सामान लिएर काठमाडौ बाट फर्किएका तमानखोला गाउपालिका का एक बिधार्थी ले बडिगाड अनलाइन सङ्ग कुरा गर्दै भने “यहासम्म त बस मा पुगिन्छ भन्ने थाहा थियो सामान धेरै भएको हुदा कहा छोडेर भरिया खोज्ने भन्ने पिर ले पिरोलिरहेको थियो जे होस सेन्टर मा प्रतिक्षालय रहेछ भरिया पनि यहि वरपर भेटाए दुख पाउन परेन”उनले खुसी ब्यक्त गर्दै थिए।
यसै गरि धेरै यात्रु हरुलाइ ढोरपाटन ,निसिखोला र तमानखोला लगाएत का स्थान बाट तुरतुरे पहिरो मा पैदल यात्रा गरिसकेपछी सोहि प्रतिक्षालय बाट सवारी साधन चढी लामो यात्रा को तय गर्ने गर्दछन भने फर्किएका यात्रु पनि सोहि प्रतिक्षालय मा आफन्त को प्रतिक्षा गर्ने गर्दछन।बिपत को बेला भरपर्दो आश्रय स्थल बनेको भन्दै यात्रुहरुले मदन आश्रीत प्रतिक्षालय बिपत को सारथी बनेको बताए।
यता प्रतिक्षालय का संरक्षक कृष्ण भट्टराई ले आफुहरुले यात्रुहरु ले सवारिसाधन कुर्न र घामपानी बाट बच्न सहज होस भनी बनाएको प्रतिक्षालय बिपत को बेला सारथी बना खुसी लागेको बताए।