कमल पौडेल,खर्वाङ : मुसिकोट नगरपालिका वडा नं. ४ ग्वादीकाचौर (दिमचौर) कि ३३ वर्षिय राधिका रानाको उपचारको लागि गणतन्त्र चेकमा रहने नेपालीहरुले सहयोग गरेका छन्।
बडिगाड गाउँपालिका वडा नं. २, सिमलचौर स्थायी घर भई गणतन्त्र चेक मा रहनुहुने सञ्जय अधिकारीको सक्रियतामा वडिगाड गाउँपालिका वडा नं. २, दनिया माइति भएकि राधिकाको उपचारको लागि १ लाख ४५ हजार ५ सय ४५ रुपैयाँ सहयोग भएको हो।
सहयोग रकम मध्य १ लाख ४२ हजार ७ सय ३० रुपैयाँको चेक हस्तान्तरण गरिएको छ भने २ हजार ८ सय १५ रुपैयाँ नगद हस्तान्तरण गरिएको छ। विरामी राधिकाका दाजु ज्ञान बहादुरको आग्रहमा सहयोग संकलन गरिएको अधिकारीले जानकारी दिनुभएको छ।
विरामी राधिकाका श्रीमान पनि प्यारालाइसिसका कारण पिडित छन्। सो रकम विरामी राधिकाकी भाउजू माया रानालाई उहाँकै निवास मुसिकोट नगरपालिका वडा नं. ७, पल्टारमा पुगी पत्रकार कमल पौडेलले हस्तान्तरण गर्नुभएको हो।