बागलुङ काँग्रेसको अभियान ‘जनतासँग नेपाली काँग्रेस’

बागलुङ काँग्रेसको अभियान ‘जनतासँग नेपाली काँग्रेस’

Badigad Online
1 Min Read

बागलुङ । नेपाली काँग्रेस बागलुङले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान संचालन गर्ने भएको छ ।

जिल्लाका १० वटै स्थानिय तहका प्रत्येक गाउँ वडा र टोलसम्म पुग्ने गरी अभियान संचालन गर्न लागेको हो । बागलुङ काँग्रेसको सोमबार जिल्लाको गलकोट हटियामा बसेको जिल्ला कार्यसमितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

अभियानमा तल्लो तहका नेता तथा कार्यकर्तासँग अन्तरक्रिया गर्नुका साथै प्रशिक्षणका कार्यक्रम संचालन गरिने काँग्रेस बागलुङका सभापति जीत शेरचनले जानकारी दिए ।

‘काँग्रेसले स्थानिय तहको निर्वाचन केन्द्रित भएर अभियान संचालन गरेको छ । यो अभियान पार्टीको संगठन सुदृढिकरणका निम्ती ठूलो सार्थक बन्नेछ, सभापति शेरचनले भने, ‘हरेक गाउँ र टोलसम्म नेतृत्व पुग्नेछ । कार्यकर्तासँग अन्तरक्रिया गर्छाैं समस्या बुझ्छौं र समाधानको बोटो खोज्नेछौं ।’

उनले आगामी स्थानिय तहको निर्वाचनका लागि काँग्रेसले छुट्टै रणनीति तय गर्ने बताए । अभियान आगामी सातादेखि नै संचालन हुने हरेक स्थानीय तहका लागि जिल्ला तहकै नेतालाई जिम्मेवारी प्रदान गर्ने बताएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित