ढोरपाटनमा एमाले प्रवेश गर्नेको लहर : एकैदिन एउटै वडाका १३२ जना प्रवेश गरे !

ढोरपाटनमा एमाले प्रवेश गर्नेको लहर : एकैदिन एउटै वडाका १३२ जना प्रवेश गरे !

Badigad Online
2 Min Read

हेम विश्वकर्मा,ढोरपाटन : जिल्लाको ढोरपाटन नगरपालिकामा एउटै वडाका १३२ जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रममा नगरपालिकाको वडा नं ४ छोरेगाउँका नेता कार्यकर्ता नेपाली काँग्रेस, माओवादी केन्द्र ,राजमो परित्याग गरी उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

यसअगाडी विभिन्न पार्टीमा आवद्ध सयौँ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको नेकपा एमाले नगर अध्यक्ष रितुवर्ण पौडेलले बताउनुभयो । पार्टी परित्याग परि एमालेमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई नेकपा एमाले गण्डकी प्रदेश सदस्य तथा ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली, गण्डकी प्रदेश सदस्य दधीराम अर्याल ,जिल्ला कमिटी सचिवालय सदस्य गणेश कुमार थापा लगायतले दोसल्ला र अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख नेपालीले नवप्रवेशीहरूलाई एमालेले उचित स्थान दिने बताएका थिए । उनले नेकपा एमालेले बिकास र समृद्धिका लागि सधैभरी अग्रसर भएर काम गरेकाले नागरिकको एमाले प्रतिको क्रेज बढेको बताए । नेपालीले जनताको भरोसाको पार्टी एमाले भएको समेत दाबी गरे । आफूहरुको पार्टी संघीय सरकारबाट बाहिरिए पनि नेकपा (एमाले) प्रति जनताको भरोसा बढ्दो क्रममा रहेको उनको भनाई थियो ।

यस्तै बिकास र सम्वृद्धिमा एमालेले गरेको कार्यले मात्र मुलुक सम्बृद्धिको बाटोमा लाग्ने देखिएकाले एमालेमा प्रवेश गरिएको नवप्रवेशीहरुले बताएका छन् । जनताको बहुदलीय जनबादको बिचार संग नजिक भएको र अन्यदल जनताको आधारभुत आवश्यकताको निकट हुन नसकेकोले एमालेनै रोजेको नवप्रवेशीहरुले जनाका छन् । उनीहरुले काँग्रेस माओबादी केन्द्र, राष्ट्रिय जनमोर्चा पद, ब्याक्तबिादी स्वार्थ र पदलोलुप्ता बढी भएकाले सो समुह छोडी बकिास प्रयि पार्टीमा समाबेश भएको बताएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित