गुल्मी । मुसिकोट नगरपालिका स्थित एक घरमा गएराति आगलागी भएको छ ।
मुसिकोट नगरपालिका- ४ हलोगाढे बारुखा हलोगाडेका शिक्षक गुप्तबहादुर कार्कीको घर जलेर पूणर्रुपमा नष्ट भएको हो ।
मुसिकोट माविका शिक्षक बाबुराम शर्माले गए राति नै प्रहरी आए पनि क्षतिको पूणर् विवरण आई नसकेको बताउनुभयो ।
उहाँका अनुसार करिब २० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले धनमाल क्षति भए पनि मानवीय र चौपायाको क्षति नभएको बताउनुभयो । तस्बिर : साकेंतिक
Badigad Online