सागर भण्डारी, बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिकाका राजन पाईजा सम्मानित हुनुभएको छ । बडिगाड गाउँपालिका वडा नं ५ स्थायी घर भएका पाईजालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सम्मान गरेको हो ।
पाईजालाई ग्रामीण क्षेत्रमा कोरोना महामारीको समयमा खेलेको भुमिका र खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको मदन भण्डारी खेलकुद ऐकेडेमीका अध्यक्ष धुव्र आचार्यले जानकारी दिनुभयो ।
पाईजालाई पूर्व खेलकुद, उपप्रधान,उर्जा तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सम्मान गर्नुभएको हो ।
सम्मानित हुनुभएका पाईजा बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिहं पाईजाका छोरा हुनुहुन्छ । बडिगाड डोजोका अध्यक्ष समेत रहनुभएका उहाँले कोभिड महामारीको समयमा सक्रंमित र आईसोलेसन व्यवस्थापन, शव व्यवस्थापन तथा कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुसगैं फ्रन्ट लाईनमा खटिएर काम गर्नुभएको थियो । त्यतिबेला उहाँको निकै प्रशसां भएको थियो ।
राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीको रुपमा परिचित पाईजा करातेका खेलाडी समेत हुनुहुन्छ । विभिन्न सघंसंस्थामा आबद्ध रहेका उहाँले हाल बडिगाड गाउँपालिकामा बडिगाड कराते डोजो नामक संस्था खोलि यस क्षेत्रका स्थानीयलाई कराते खेल सिकाउनुहुन्छ ।
त्यस्तै खेलाडी तथा प्रशिक्षक सघं बाग्लुङको जिल्ला अध्यक्ष र खेलकुद महासघं केन्द्रीय सचिवालय सदस्य समेत रहेका पाईजा पछिल्लो समय भने सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । गाउँमा आईपर्ने हरेक विपत्तिमा अगाडी सरेर काम गर्ने पाईजाले ग्रामीण खेलकुदको विकास र गाउँमा समाजसेवीको रुपमा अग्रसर हुनुहुन्छ ।
बडिगाड अनलाईनसगं कुराकानी गर्दै पाईजाले यो सम्मानले आफुलाई अझै ठुलो जिम्मेवारी सुम्पेको बताउनुभयो । उहाँले सम्मान गर्ने मदन भण्डारी खेलकुद एकेडेमी प्रति आभार व्यक्त गर्दै सामाजिक काममा अझै सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।