गुल्मीमा एक पुरुषको शव फेला

गुल्मीमा एक पुरुषको शव फेला

Badigad Online
1 Min Read

गुल्मी । गुल्मीको तम्घासमा एक जना पुरुषको शव फेला परेको छ । रेसुङ्गा नगरपालिका ९ अर्घाखाँची जिपपार्कमा पुरुषको शव फेला परेको हो ।

छिमेकी जिल्ला अर्घाखाँचीको सन्धिखर्क नगरपालिका -९ अर्घका ६० वर्षीय मन बहादुर गन्धर्वको शव फेला परेको गुल्मी प्रहरीले जनाएको छ ।
अर्घाखाँचीबाट उनका आफन्त आएपछि शव आफन्तलाई बुझाउने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अहिले शवलाई गुल्मी अस्पताल राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले बताए ।

आज बिहान सात बजे शव फेला परेको हो । शवको बाहिरी प्रकृति हेर्दा कुनै चोटपटक नदेखिएको प्रहरीले उल्लेख गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित