माल्टामा भएको खेलमा मेडल जित्ने बडिगाड डोजोका खेलाडीलाई सम्मान

माल्टामा भएको खेलमा मेडल जित्ने बडिगाड डोजोका खेलाडीलाई सम्मान

Badigad Online
2 Min Read

बडिगाड अनलाईन । बडिगाड डोजोका खेलाडीलाई गाउँपालिकाले सम्मान गरेको छ । मसिंर २६ गते माल्टामा भएको अनलाइन खेलमा सहभागी भई मेडल जित्न सफल भएका खेलाडीहरुलाइ गाउँपालिकाले सम्मान गरेको हो ।

बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिहं पाईजाले खेलाडीहरुरलाई मेडल सहित सम्मान गर्नुभएको हो । उक्त अवसरमा अध्यक्ष पाईजाले अन्तराष्ट्रिय खेलमा समेत उत्कृष्ट प्रदर्शन गरी मेडल जित्न सफल भएकोमा खेलाडीहरुलाई बधाई दिनुभयो । उहाँले गाउँपालिकालाई विश्वसामु चिनाउन कराते खेलले पनि महत्वपूणर् भूमिका निर्वाह गरेको भन्दै अझै सक्रिय भएर लाग्न खेलाडीलाई आग्रह गर्नुभयो ।

लामो समयदेखि कोराना महामारीका कारण खेलकुदका कार्यक्रमहरु कमै मात्रामा भएपनि अनलाईन खेलमा सहभागी भएर आफ्ना खेलाडीहरुलाई मेडल जितेको देख्न पाउँदा खुसी लागेको बडिगाड डोजोका प्रमुख प्रशिक्षक राजन पाईजाले बताउनुभयो । लकडाउनको बेलामा समेत निरन्तर यस्ता खेलकुद कार्यक्रमहरु आयोजना हुदा खेलाडीलाई हौसला बढेको उहाँको भनाई थियो ।

उक्त अवसरमा उहाँले नेपालबाट अनलाईन प्रतियोगिताको लागि महत्वपूणर् भूमिका खेल्ने राष्ट्रिय अन्तराष्ट्रिय खेलाडि तथा रेफ्रि सपनालाई समेत धन्यवाद व्यक्त गर्नुभयो ।

सम्मान कार्यक्रममा डा.रोहित शर्मा शर्मा र बडिगाड गाउँपालिकाका स्वास्थ्य सयोंजक चुडामणि कडेंलले पनि बधाई एवम् शुभकामना दिनुभएको थियो ।

माल्टामा भएको खेलमा उमेर समुहमा अन्तर्गत १५ बर्ष समुहमा बिनोद पाईजा र हिमाल थापा प्रथम , १६ बर्ष उमेर समुहमा लक्ष्मण पुन प्रथम , १६ बर्ष उमेर समुहमा बिमला थापा प्रथम , १७ बर्ष उमेर समुहमा नवीन थापा दृतिय , १७ बर्ष उमेर समुहमा मिलन थापा तृतिय , १५ बर्ष उमेर समुहमा अविषेक थापा तृतिय र काटातर्फ लक्ष्मण पुन तृतिय हुन सफल भएका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित