वामी-भुवाचिदी सडक कालोपत्रे नभएपछि स्थानीयले सुरु गरे सघंर्षका कार्यक्रम

वामी-भुवाचिदी सडक कालोपत्रे नभएपछि स्थानीयले सुरु गरे सघंर्षका कार्यक्रम

Badigad Online
3 Min Read

सागर भण्डारी, गुल्मी । रिडि रुद्रवेणी वामीटक्सार सडक खण्ड अन्तर्गत वामी भुवाचिदी सडक खण्ड कालोपत्रेको काम पटक पटक म्याद थपेर पनि सुरु नभएपछि स्थानीयले सघंर्षका कार्यक्रम सुरु गरेका छन् ।

उक्त सडक खण्डको ५ किलोमिटर सडक खण्ड कालोपत्रे गर्ने जिम्मा पाएको श्रेष्ठ जेभी कन्ट्रक्सन गुल्मीले विभिन्न वाहान बनाउँदै ३ पटक म्याद थप गर्दा समेत कालोपत्रेको काम सुरु नगरेपछि स्थानीयले आन्दोलनका कार्यक्रम सुरु गरेका हुन् ।

आईतबार मुसिकोट नगरपालिका वडा नं ७ स्थित वामीटक्सारबासीले निर्माणको काम तुरुन्तै गर्न माग गर्दै प्रदर्शन गरेका छन् । बजार परिक्रमा सहित प्रदर्शन गर्दै उनीहरुले निर्माण कम्पनी श्रेष्ठ कम्पनीका ३ वटा सहित अन्य ३ वटा ट्रिपर नियन्त्रणमा लिएका छन् ।आन्दोलनकारीले अन्य ट्रिपर छाडेपनि निर्माण कम्पनीका ट्रिपर भने माग पुरा नभएसम्मका लागि नछाड्ने चेतावनी दिएका छन् ।

तस्बिर : निर्माण कम्पनीको ट्रिपर नियन्त्रण गर्दै स्थानीय

उनीहरुले सघंर्ष समितिनै बनाएर चरणबद्ध रुपमा आन्दोलन गर्ने बताएका छन् । पछिल्लो पटक असौज मसान्तसम्म म्याद थप गरिएको भएपनि निर्माणका कुनै काम सुरु नभएपछि आन्दोलनका कार्यक्रम सुरु गरिएको सघंर्ष समितिका अध्यक्ष फुल प्रसाद सापकोटाले बताए । ‘अझै पनि विभिन्न वहानाबाजी गरेर सडक कालोपत्रेको काम नगर्ने योजना भईरहेको छ, उनले भने माग पुरा नभएसम्म हामी आन्दोलनका कार्यक्रम जारी राख्छौँ ।’

मुसिकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष प्रकाश काफ्लेले निर्माण व्यवसायीलाई आफुले व्यक्तिगत रुपमा र नगरपालिकाको तर्फबाट पनि अविलम्ब काम सुरु गर्न आग्रह गरेपनि सुनुवाई नभएपछि आन्दोलनका कार्यक्रम सुरु गर्नुपरेको बताए । उनले पहिलो दिनको कार्यक्रम केही शान्तिपूर्वक गरिएपनि निर्माण कम्पनीले कालोपत्रे गर्ने काम सुरुवात नगरेमा अन्य कार्यक्रमहरु अझै सशक्त रुपमा अगाडी बढ्ने जानकारी दिए ।

सघंर्ष समितिले सोमबार देखि वामीमा कुनै पनि कम्पनीका ट्रिपर चल्न नदिने बताएका छन् । सघंर्ष समितिका उपसयोंजक विवेक काफ्लेले बडिगाड नदीबाट निर्माण सामाग्री बोक्ने कुनै पनि ट्रिपरलाई सञ्चालन हुन नदिने र यदी सञ्चालन भएमा नियन्त्रणमा लिई कालोपत्रेको काम सुरु नभएसम्म नछाडिने सघंर्ष समितिले निणर्य गरेको जानकारी दिए ।

निर्माण कम्पनी श्रेष्ठ कन्ट्रक्सनले यस अगाडी सडक कालोपत्रे गर्ने भन्दै झेँदीमा क्रसर उद्योग सञ्चालन गरेको र अहिले उत्पादित माल अन्यत्र बिक्री गरेको भन्दै उनीहरुले यदी छिट्टै काम सुरु नगरे क्रसर उद्योग तोडफोड गर्ने चेतावनी दिएका छन् ।

संघर्ष समितिका उपसयोंजक भोजराज सापकोटाले सोमबारबाट श्रेष्ठ कन्ट्रक्सनका सम्पूणर् निर्माण उपकरण र सवारी साधनहरु नियन्त्रणमा लिएर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताए । नियन्त्रणमा लिएका सवारी साधनको जिम्मा कम्पनीले आफै लिन र आन्दोलनका क्रममा तलमाथि भए संघर्ष समिति जिम्मेवार नहुने उनले जानकारी दिए ।

उक्त सडक खण्ड कालोपत्रे गर्नका लागि ५ करोड ८५ लाख रकममा श्रेष्ठ कन्स्ट्रक्सनले जिम्मा लिएको थियो । सुरुवातमा सडक ग्राभेल गरी बेस बसाल्ने काम भएपनि त्यसयता कुनै काम भएको छैन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित