तिलक मगर, बडिगाड: बडिगाड डोजो र बुर्तिबाङ डोजोको संयुक्त आयोजनामा आईतबार बडिगाड गाउँपालिकामा बल्याक बेल्ट ग्रेडिङ्ग कार्यक्रम सम्पन्न भएको छ ।
बडिगाड डोजोका प्रमुख राजन कुमार पाईजाको अध्यक्षता रहेको कार्यक्रममा बडिगाड गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी अम्मर श्रीसले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
बुर्तिबाङ डोजोका प्रमुख प्रशिक्षक चित्र बहादुर पुनले स्वागत मन्तवय राख्नु भएको कार्यक्रमको भानु पौडेलको सञ्चालन गर्नुभएको थियो । कार्यक्रम बडिगाड गाउँपालिकाको खार बजारमा निर्मित बडिगाड डोजोको कर्वड हलमा भएको थियो ।
कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष अर्जुन प्रसाद खरेल वडा नं २ का वडा अध्यक्ष ढालेन्द्र प्रसाद शेरचन वडा नं ७ का वडा अध्यक्ष कृष्ण गुरुङ्गले शुभकामना मन्तव्य व्यक्त गर्दै खेलाडीहरुले कराते खेलको माध्ययमबाट बडिगाड गाउपालिकालाई चिनाएकोमा खुशी व्यक्त गर्दै खेलाडीहरुको उज्ववल भबिस्यको कामना पनि गर्नुभएको थियो ।
त्यस्तै नेपाल सितोरियो कराते सघंका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ ज्युले बडिगाड गाउंपालिकाले खेल क्षेत्रमा अत्यन्तै महत्वपुर्ण भुमिका निर्वाह गरेको जानकारि बनाउदै यति राम्रो आवास सहित कबर्ड हल निमार्ण गरि खेलाडिहरुको हौसला बढाई नेपालमै नमुना काम गरेको बताउनु भएको थियो ।
प्रमुख अतिथिको रुपमा रहनु भएको बडिगाड गाउंपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीसले करांते खेलमा गाउपालिकाले जुन दाईत्व निर्वाह गरेको छ त्यो सह्रानिय रहेको भन्दै आउने दिनहरुमा पनि गाउंपालिकाले यस खेललाई महत्व साथ राख्नु पर्ने बताउनु भएको थियो । सो व्ल्याक बेल्ट ग्रेडिङमा ४८ जना खेलाडीहरु सहभागी रहेका थिए ।