बडिगाड दनियाँमा राना समुदायको पहिचान झल्किने सग्रांलय बन्दैै, मुख्यमन्त्रीद्धारा सिलन्यास

बडिगाड दनियाँमा राना समुदायको पहिचान झल्किने सग्रांलय बन्दैै, मुख्यमन्त्रीद्धारा सिलन्यास

Badigad Online
2 Min Read

सागर भण्डारी,गुल्मी । बाग्लुङको बडिगाड गाउँपालिका वडा नं २ दनियाँमा राना सेवा समाज सामुदायिक पर्यटकीय पूर्वाधार निर्माण भवनको सिलन्यास गरिएको छ ।

राना समुदायको कला संस्कृति र पहिचान झल्किने गरी सग्रांलयको रुपमा निर्माण गर्न लागिएको भवनको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेलले सिलन्यास गर्नुभएको हो ।

भवन शिलन्यास कार्यक्रम बोल्दै मुख्यमन्त्री पोखरेलले राना समुदायको अस्तित्व र पहिचान कायम राख्न गण्डकी प्रदेश सरकारले भवन निर्माणका लागि बजेट विनियोजन गरेको भन्दै समयमै सम्पन्न गर्ने आशा व्यक्त गर्नुभयो । उहाँले पिछडिएका र अल्पसंख्यक समुदायको संरक्षण र उत्थानका लागि प्रदेश सरकार सदैव प्रतिबद्ध रहने बताउनुभयो ।

फरक प्रसगंमा नेपालीले अहिले गण्डकी प्रदेश सरकार बचाईँराख्न राष्ट्रिय जनमोर्चाले खेलेको भुमिकाको प्रशसां समेत गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका पर्यटन मन्त्री मणिभद्र शर्मा कडेंलले राना समुदायको बाहुल्य रहेको दनियाँलाई होम स्टेको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद पियारी थापा,नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्व कानुन राज्य मन्त्री, दिनमान पाख्रिन लगायतको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति जित बहादुर सेरचन, जिल्ला सचिव गण्डकी थापा अधिकारी, बडिगाड गाउँपालिका वडा नं २ का वडाध्यक्ष ढाल प्रसाद शेरचन, बडिगाड गाउँपालिका वडा नं ७ का वडाध्यक्ष कृष्ण गुरुङ, वडा नं ६ का वडाध्यक्ष मौसम काजी क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

डिल बहादुर रानाको स्वागत एवम् स्थानीय समाजसेवी गणेशमान चालिसेको शुभकामना मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कमल रानाले गर्नुभएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित