आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो बनाउनुनै प्रमुख ध्येय हो : सभापति पन्थी

आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो बनाउनुनै प्रमुख ध्येय हो : सभापति पन्थी

Badigad Online
2 Min Read

सागर भण्डारी,मुसिकोट । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीका सभापति खिलध्वज पन्थीले आसन्न स्थानीय तहको निर्वाचन र ततपश्चातका निर्वाचनमा काँग्रेसलाई जिल्लामा पहिलो पाटी बनाउनुनै आफ्नो प्रमुख ध्येय गरेको बताएका छन् ।

शुक्रबार मुसिकोट स्थित काँग्रेसका ३ भातृ सगंठनको प्रथम अधिवेशनलाई सम्बोधन गर्ने क्रममा सभापति पन्थीले भने, ‘हामीले विगतमा किन पराजय भोग्यौँ,त्यसको समिक्षा सहित नेपाली काँग्रेस जिल्ला कार्यसमितिले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । यसपटकको निर्वाचनमा हाम्रो विजय सुनिश्चित छ, मेरो प्रमुख लक्ष्य निर्वाचनमा काँग्रेसलाई विजय बनाउनु हो ।’

पन्थीले आसन्न स्थानीय तहको निर्वाचनमा मुसिकोटमा नेपाली काँग्रेस विजयी हुने दाबी समेत गरे । ‘कम्युनिष्टका साथीहरुले सुन्नुहोला, यसपटकको निर्वाचनमा मुसिकोट सरकारको बागडोर सम्हाल्ने पार्टी नेपाली काँग्रेस हो । तपाईँहरुको भ्रम र कामले जनता आजित बनेका छन् ,’उनले भने ।

सभापति पन्थीले स्थानीय निर्वाचनमा उम्मेदवार टुगों लगाउने जिम्मा नगर कार्यसमितिलाई नै रहेको र त्यसमा जिल्लाले हस्तक्षेप नगर्ने भन्दै लोकप्रिय र विकासप्रेमी मान्छेलाई उम्मेदवार बनाउन आग्रह गरे । स्थानीय निर्वाचन पछि विजयी मुसिकोटका काँग्रेसका जनप्रतिनिधिलाई जिल्लामा स्वागत गर्न आतुर रहेको समेत उनको भनाई थियो ।

उनले यसपटकको निर्वाचनमा काँग्रेसमा मत नदिएमा नागरिकलाई पाप लाग्ने समेत बताए । फरक प्रसगंमा उनले ‘यस भन्दा अगाडी अपवित्र गठबन्धनबाट बनेको नेकपा आफै मिल्न नसकेर फुटको सघांरमा गएको भन्दै त्यसले जनताले दिएको मताधिकारको नै हत्या गरेको बताए ।

‘५ वर्ष सञ्चालन गर्न दिएको संसद किन टुँडिखेलमा लगेर फ्याँक्नुभो भनेर प्रश्न गर्न सकौँ,अनि मात्र मत कसलाई दिने निणर्य गरौँ उनले भने ।’
कम्युनिष्ट सरकारले काम भन्दा पनि बढी भ्रम पैदा गरेको भन्दै उनले अहिले भर्खरै संसदबाट अनुमोदन भएको एमसीसीबारे जनतामा गलत भ्रम पैदा गर्ने दुस्प्रयास गरिएको समेत बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित