नेपाली काँग्रेस मुसिकोट अन्तर्गत ३ वटा भातृ सगंठनको प्रथम अधिवेशन सम्पन्न

नेपाली काँग्रेस मुसिकोट अन्तर्गत ३ वटा भातृ सगंठनको प्रथम अधिवेशन सम्पन्न

Badigad Online
3 Min Read

गुल्मी । नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति अन्तर्गत ३ वटा भातृ सगंठनको प्रथम अधिवेशन एकैसाथ सम्पन्न भएको छ । शुक्रवार नेपाल तरुण दल,नेपाल महिला सघं र दलित सघंको प्रथम अधिवेशन एकैपटक सम्पन्न भएको हो ।

सम्पन्न अधिवेशन अन्तर्गत नेपाल तरुण दल मुसिकोट नगरकार्यसमिति सभापतिमा भिम पाण्डेको सभापतित्वमा २४९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । नवगठित समितिको उपसभापतिमा महेन्द्र बगाले, सुरज खराल, कमल बराल र केशव खराल रहनुभएको छ त्यस्तै सचिवमा रविन्द्र केसी, विवेक काफ्ले, सहसचिवमा आनन्द श्रेष्ठ, विशाल कार्की र विरवल गुरुङ लगायत अन्य सदस्यहरु रहनुभएको छ । कोषाध्यक्ष पदमा भने पछि मनोनयन गरिने बताईएको छ ।

त्यस्तै नेपाल दलितसघं मुसिकोट नगर कार्यसमितिमा रमेश नेपालीको सभापतित्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । जसको उपसभापतिमा दिपक नेपाली र शकंर परियार,सचिवमा नारायण परियार,सहसचिवमा हेमु परियार,अनिल सुनार र कोषाध्यक्षमा हिरा परियार लगायत अन्य सदस्यहरु रहनुभएको छ । नेपाल महिला सघंको कार्यसमिति भने पछि चयन गर्ने बताईएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति खिलध्वज पन्थीले ३ वटै भातृ संस्थाको भूमिका ईतिहासमा प्रशसनीय रहेको भन्दै नवनिर्वाचित समितिलाई बधाई दिनुभयो । पन्थीले आसन्न स्थानीय तहको निर्वाचनमा मुसिकोटमा नेपाली काँग्रेस विजयी हुने दाबी समेत गर्नुभयो । कम्युनिष्टका साथीहरुले सुन्नुहोला, यसपटकको निर्वाचनमा मुसिकोट सरकारको बागडोर सम्हाल्ने पार्टी नेपाली काँग्रेस हो उनले भने । तपाईँहरुको भ्रम र कामले जनता आजित बनेका छन् ।

सभापति पन्थीले स्थानीय निर्वाचनमा उम्मेदवार टुगों लगाउने जिम्मा नगर कार्यसमितिलाई नै रहेको र त्यसमा जिल्लाले हस्तक्षेप नगर्ने भन्दै लोकप्रिय र विकासप्रेमी मान्छेलाई उम्मेदवार बनाउन आग्रह गरे । स्थानीय निर्वाचन पछि विजयी मुसिकोटका काँग्रेसका जनप्रतिनिधिलाई जिल्लामा स्वागत गर्न आतुर रहेको समेत उनको भनाई थियो

कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सदस्य विष्णु कुमारी सापकोटा, माधव प्रसाद खरेल, कल्पना घिमिरे, जिल्ला सचिव भगत खड्का, क्षेत्र नं २ का क्षेत्रीय सभापति चन्द्र बहादुर महत, नेपाल महिला सघं जिल्ला सभापति लक्ष्मी पन्त पाण्डे, नेपाल तरुण दल जिल्ला सभापति भरत भलामी, नेपाली काँग्रेस पूर्व जिल्ला सचिव हरिनारायण सापकोटा, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि ज्ञानहरी सापकोटा, जिल्ला सदस्य झविलाल भण्डारी, नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति सभापति मोहन घिमिरे लगायतले बोल्नुभएको थियो ।

नेपाल महिला सघं मुसिकोट नगरकार्यसमिति सभापति सुमित्रा भण्डारीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति सचिव मधु सुदन रायमाझीले गर्नुभएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित