गुल्मीका एक मानसिक रोगीको उपचारकालागि समाजसेवी लिल बहादुर थापाको सहयोग

गुल्मीका एक मानसिक रोगीको उपचारकालागि समाजसेवी लिल बहादुर थापाको सहयोग

Badigad Online
2 Min Read

सागर भण्डारी, गुल्मी । गुल्मीका एक मानसिक रोगीको उपचारका लागि समाजसेवी लिल बहादुर थापाले आर्थिक सहयोग गर्नुभएको छ ।

जिल्लाको छत्रकोट गाउँपालिकाका ओम कुमार नेपालीको स्वास्थ्य उपचारका लागि बाँकेको खर्जुरा गाउँपालिका वडा नं -४ डिगाउँ नेपालगञ्ज स्थायी घर भई हाल अमेरीकामा रहनुभएका लिल बहादुर थापाले व्यक्तिगत तर्फबाट नगद ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

घरको अभिभावकको रुपमा रहेका ओमकुमारको मानसिक सन्तुलन बिग्रिएपछि यतिबेला परिवारको बिचल्ली भएको छ । दैनिक जीवन यापन गर्न समेत कठिनाई भएको अवस्थामा उनको उपचार गर्न नसकेका परिवारले सहयोगी मनप्रति आभार व्यक्त गरेका छन् ।

२७ वर्षको उमेरका रहेका नेपाली केही वर्ष पहिले रोजगारीका लागि भारत समेत गएका थिए । तर विगत केही वर्षयता उनको मानसिक सन्तुलन बिग्रिएपछि अहिले ओछ्यान र कपडामै पिसाब गर्ने, अस्वभाविक कुरा एवम् क्रियाकलाप गर्ने गर्दछन् ।

उनको यो अवस्थाका बारेमा सञ्चारकर्मी बाबुराम पाण्डेले आफ्नो युटुब च्यानल ईपिक नेपालमा भिडियो सामाग्री बनाएपछि अमेरीकामा रहनुभएका थापाले सोही मार्फत आर्थिक सहयोग गर्नुभएको हो । उहाँले नेपालीको उपचारका लागि व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग सञ्चारकर्मी पाण्डे मार्फत परिवारलाई पठाउनुभएको हो ।

अहिले आफ्नो कलकलाउँदो छोराको त्यस्तो अवस्था देखेर ओम कुमारकी आमा समेत मानसिक रुपमा विक्षिप्त बनेकी छिन् । उनको स्वास्थ अवस्था पनि बिग्रँदै गएको छ । ११ वर्षीय छोरीले घर व्यवहार सम्हालेकी छिन् ।

नेपालीको उपचारकालागि पाटन अस्पतालका जय कुमार घिमिरेले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सहयोगी मनका धनी लिल बहादुर थापासगैं उनको उपचारका लािग रजनि कार्कि र प्रिया गुरुङले पनि आर्थिक सहयोग गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित