सागर भण्डारी,गुल्मी । गुल्मीमा २४ वर्षीय युवाले मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको मुसिकोट नगरपालिकाका २४ वर्षीय बिपिन विश्वास रायमाझीले मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
राजनीतिमा नेतृत्व परिवर्तन पटक पटक हुँदा पनि तल्लो तहका नागरिकको जीवनस्तरमा भने कुनै परिवर्तन हुन नसकेकाले अवस्था परिवर्तनका लागि आफुले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाई छ ।
‘विभिन्न कालखण्डमा परिवर्तन भएका नेतृत्वको ऐजेण्डा र कार्यशैली एकै प्रकारको छ उनले भने यो क्षेत्रमा वैकल्पिक र साँच्चिकै तल्लो तहका नागरिकको जीवनस्तर सुधार गर्ने नेतृत्वको जरुरत छ त्यही कारण मैले उम्मेदवारी घोषणा गरेको हुँ । उनले भने ।’
राजनैतिक प्रति जनताको बितृष्णा अन्त्य गर्ने र समग्र युवापक्तिंहरुको प्रतिनिधित्व गर्ने गरी आफुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको रायमाझीको भनाई छ ।
त्यस्तै विगतमा ५ वर्षका लागि चुनिएका स्थानीय सरकारका प्रमुखहरुले नागरिकसगं गरेका बाचा पुरा गर्ने भन्दा पनि सिमित र व्यक्तिगत स्वार्थमा रुमल्लिएकाले ती कदमहरु चिर्दै नागरिकहरुको आधारभूत आवश्यकताको प्रत्याभूती दिलाउने गरी उम्मेदवारी दिएको रायमाझीले बताए ।
सामाजिक क्षेत्रमा क्रियाशिल रायमाझीले आफुले तत्लो तहको नागरिकको हैसियत बदल्ने गरी सोँच बनाएको बताए ।