भिडियो प्रभाव : मुसिकोटका धन कुमालले पाए वृद्ध भत्ता

भिडियो प्रभाव : मुसिकोटका धन कुमालले पाए वृद्ध भत्ता

Badigad Online
1 Min Read

गुल्मी । जिटिभिबाट भिडियो सामाग्री प्रशारण भएपछि मुसिकोटका धन बहादुर कुमालले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् ।

नेपाल सरकारले ७० वर्ष उमेर पुरा गरेका नागरिकहरुलाई प्रदान गर्दै आईरहेको वृद्ध भत्ता प्राप्त गर्नबाट छुटेका उनको अवस्थाका बारेमा जिटिभि नेपालबाट सामाग्री प्रशारण भएको थियो ।

शनिवार उक्त सामाजिक सुरक्षा भत्ता वितरणको सहजीकरण गरिरहेको मेगा बैकं लिमिटेड शाखा मुसिकोटका प्रबन्धक महेन्द्र घिमिरेले कुमालको घरमै गएर भत्ता प्रदान गरेका हुन् ।

कुमाललाई अघिल्लो त्रैमासिक बापतको भत्ता प्रदान गरिएको घिमिरेले जानकारी दिए । यसभन्दा अगाडी वामीटक्सारको शाईन रेसुगां बैकंबाट भत्ता बुझ्दै आएका कुमालको बारेमा हालै सामाजिक सुरक्षा भत्ता वितरणको अधिकार पाएको मेगा बैकं लिमिटेड मुसिकोट शाखामा कसैले पनि जानकारी नगराएको र कुमाल आफै पनि बैकंसम्म आएर खाता खोल्न नसक्ने अवस्था रहेकाले छुट हुन गएको घिमिरेको भनाई छ । आफुले पहिलेनै उनको घरमै गएर खाता खोलेको र त्यसपछाडी भत्ता वितरण गरिएको तथा अव नियमित रुपमा भत्ता पाउने उनले जानकारी दिए ।

निकै कमजोर आर्थिक अवस्था रहेको उनको परिवारमा श्रीमती र उनीसगैं बस्दै आएका छन् । वृद्धाअवस्था र त्यसमाथि शारिरिक रुपमा अशक्त उनीहरुको दैनिकी सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाट नै गुजारा चलिरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित