शिक्षण पेशा छाडेर वडाध्यक्ष पदमा उम्मेदवारी दिएका कडेंल : वडालाई नमुना बनाउने प्रण

शिक्षण पेशा छाडेर वडाध्यक्ष पदमा उम्मेदवारी दिएका कडेंल : वडालाई नमुना बनाउने प्रण

Badigad Online
4 Min Read

गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यतिबेला चुनावमा सहभागी दलहरु उम्मेदवार छनोट र घोषणामा धमाधम लागिरहेका छन् । वडा देखि पालिका प्रमुखसम्म उम्मेदवार घोषणाको काम हुन थालेको छ ।

यसैबीच गुल्मीको मुसिकोट नगरपालिका वडा नं ९ मा नेकपा एमालेले वडाध्यक्ष पदमा रामकृष्ण कडेंललाई उम्मेदवार बनाउने घोषणा गरेको छ । नेकपा एमालेले वडा नं ९ मा रामकृष्ण कडेंललाई सर्वसम्मत वडाध्यक्ष पदको उम्मेदवार बनाउने टुगों लागेको हो ।

अर्लाङकोटको दाँसिकोट स्थायी घर भएका कडेंल लामो समयदेखि यस क्षेत्रमा सामाजिक क्षेत्रमा क्रियाशिल रहनुभएको छ । शिक्षक समेत रहनुभएका उहाँ अधिकृत स्तरको माध्यमिक तहको विद्यालयको जागिर छाडेर जनताको सेवामा लाग्ने प्रण गर्दै वडाध्यक्ष पदको उम्मेदवारको रुपमा खडा हुनुभएको छ ।

“पार्टीले मलाई विश्वास गरेर उम्मेदवारको रुपमा सर्वसम्मत चयन गरेकोमा खुसी छु,कडेंलले भन्नुभयो वडा नं ९ का जनताको रोग, शोक र भोकको अन्त्यका लागि मैले शिक्षण पेशा छाडेर समाजसेवामा लाग्ने प्रण गरेको छु ।” उहाँले आफुले यसक्षेत्रका जनताको पीडा र मर्का बुझेकाले मतदाताले आफ्नो कामको मूल्याङ्कन गरी स्वतस्फूर्त रुपमा मतदान गर्नेमा विश्वस्त रहेको समेत बताउनुभयो ।

झण्डै ३० वर्षदेखि राजनीतिमा सक्रिय उहाँ हाल नेपाल शिक्षक महासघं गुल्मीको सचिव, नेकपा एमाले मुसिकोट वडा नं ९ को ईन्चार्ज तथा मुसिकोट नगरसचिवालय सदस्य समेत हुनुहुन्छ । कक्षा ६ अध्ययन गर्दा ताका नै सामाजिक क्षेत्रमा सक्रिय उहाँ विगत देखि नै अर्लाङ्कोटका विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएको छ ।

२०६४ सालमा सितापुर माध्यमिक विद्यालय अर्लाङ्कोटको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत हुनुभएका कडेंलले उक्त विद्यालयको स्वणर् महोत्सव सम्पन्न गर्न विशेष भुमिका निर्वाह गर्नुभएको थियो । त्यस्तै धर्म संस्कृति प्रति पनि दख्खल राख्ने उहाँ खड्कभूमी कालिका मन्दिर डाँसिकोटको पूर्न निर्माण समिति आर्थिक समिति सयोंजक रहेर भवन निर्माणको काममा समेत अग्रसर रहनुभएको छ ।

दरमखोला लघुजलविद्युत आयोजना गुल्मी क्षेत्रको सयोंजकको रुपमा रहँदै उहाँले यस क्षेत्रमा विद्युतिकरणको काममा समेत महत्वपूणर् योगदान गर्नुभएको छ । शिक्षण पेशा छाडेर जनताको सेवा गर्छु भनेर मैले प्रण सहित वडाध्यक्ष पदको उम्मेदवारी दिएको हुँ,उहाँले भन्नुभयो जनताकैबीचमा रहेर काम गर्ने र दाँसिकोटमै बसेर सेवामा समर्पित हुनेछु ।

सरकारी सेवा सुविधा भन्दा पनि आफ्ना लागि जनताको सारथी बन्नु महत्वपूणर् भएकाले शिक्षण पेशाबाट राजिनामा दिएर आफु समाजसेवामा आएको कडेंलले बताउनुभयो । वडाध्यक्ष पदलाई बिल्कुल समाजसेवाको काममा खर्चिने बताउँदै उहाँले सम्पूणर् मतदातालाई अमूल्य मत दिएर विजयी बनाईदिन पनि आग्रह गर्नुभयो ।

‘मेरो उम्मेदवारी घोषणा भएसगैं केही भ्रमहरु छर्ने प्रयास गरियो, तर मेरो उम्मेदवारी प्रति स्थानीय निकै खुसी छन् । मैले प्रदेश र सघींय सरकार तथा स्थानीय सरकारसगं समेत विशेष पहल गरी यस क्षेत्रमा विकास निर्माणका योजना पार्न विशेष पहल गर्नेछु,कडेंलले भन्नुभयो ।’

आफ्नो उम्मेदवारी घोषणासगैं उहाँले अहिले मतदाताको घरघरमा भेटघाट कार्यक्रम तथा चुनावी प्रचारप्रसार कार्यक्रममा लाग्नुभएको छ । बिहिवार अर्लाङ्कोटकै विकट मानिएको उर्लेनीमा रहेको दलित बस्तीका मतदातासगं भेटघाट सहित उहाँले चुनावी घरदैलो कार्यक्रमको प्रारम्भ गर्नुभएको छ ।

यसक्षेत्रमा लामो समयदेखि सामाजिक कार्यमा सक्रिय भएको र यहाँका हरेका विकास निर्माण तथा अन्य गतिबिधिमा जनतासगैं साथमा रहेर काम गर्ने प्रण गर्दै कडेंलले समग्र समुदायको प्रतिनिधिमूलक पात्रको रुपमा आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । वडा नं ९ लाई विकासमा नमुनाको रुपमा अगाडी बढाउने उहाँले प्रण व्यक्त गर्नुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित