गुल्मीमा सत्तारुढ गठबन्धनको जिल्ला संयन्त्र गठन

गुल्मीमा सत्तारुढ गठबन्धनको जिल्ला संयन्त्र गठन

Badigad Online
1 Min Read

गुल्मी । गुल्मीमा सत्तारुढ गठबन्धन दलहरुबीचको बैठक भएको छ । शुक्रबार नेपाली कांग्रेसको जिल्लास्थित पार्टी कार्यालय बी.पी.स्मृति भवन तम्घासमा बैठक भएको हो ।

नेपाली कांग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीको सभापतित्वमा बसेको बैठक आसन्न निर्वाचनलाई केन्द्रित गरि पाँच सदस्यीय जिल्ला संयन्त्र गठन गर्ने निर्णय गरेको पार्टीका जिल्ला सचिव भगतसिंह खड्काले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको सत्ता गठबन्धन दलका शीर्ष नेता सम्मिलित केन्द्रीय संयन्त्रको बैठकले गरेको निर्देशन अनुसार जिल्ला तहमा पाँच सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरिएको सचिव खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय संयन्त्रको निर्देशन अनुसार नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीको संयोजकत्वमा पाँच सदस्यीय संयन्त्र गठन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसी, नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला ईन्चार्ज गणेश खनाल, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष वीर बहादुर गुरुङ्ग र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष जिवन राना रहनुभएको छ ।

जिल्ला संयन्त्रका बैठकहरु अविच्छिन्न सञ्चालन गरि गठबन्धन दलबीच हार्दिकता र सामिप्यता वृद्धि गर्दै आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई बहुमतका साथ विजयी बनाउने सचिव खड्काले जानकारी दिनुभयो । बैठकमा सत्तारुढ गठबन्धन दलका जिल्लास्थित नेताहरुको सहभागिता रहेको थियोे ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित