एमालेले मुसिकोटमा खरेललाई बनायो नगरप्रमुखको उम्मेदवार : उपमेयरमा अझै कुरा मिलेन

एमालेले मुसिकोटमा खरेललाई बनायो नगरप्रमुखको उम्मेदवार : उपमेयरमा अझै कुरा मिलेन

Badigad Online
1 Min Read

गुल्मी : आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मीको मुसिकोट नगरपालिकामा नेकपा (एमाले)ले जीवन खरेललाई नगर प्रमुखको उम्मेदवार बनाउने भएको छ ।

बिहिवार वामीटक्सारमा बसेको नेकपा (एमाले) मुसिकोट नगर कमिटीको बैठकले सर्वसम्मत रुपमा खरेललाई नगरप्रमुखको उम्मेदवार बनाउन सिफारिस गरेको नेकपा (एमाले) मुसिकोट नगर कमिटीका अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभयो ।

खरेल नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा मुसिकोट नगरपालिका इन्चार्ज समेत रहनुभएको छ । एमाले मुसिकोटको तर्फबाट नगरप्रमुखमा ३ जनाको नाम चर्चामा रहेका थिए जसमा एमाले जिल्ला सदस्य तथा मुसिकोटका इन्चार्ज जिवन खरेल, नगर अध्यक्ष प्रकाश काफ्ले र लुम्बिनी प्रदेश सदस्य अग्निधर लोहनीले आकांक्षा राख्नुभएको थियो ।

उप-प्रमुख पदमा भने धेरै आकांक्षी भएपछि तीन जनाको नाम सिफारिस गरिएको काफ्लेले बताउनुभयो । उपप्रमुखमा कमला शर्मा, सिता भुसाल, गंगा श्रेष्ठले दाबी गर्नुभएको छ ।

मुसिकोट नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) का सोमनाथ सापकोटा नगरप्रमुख र कमला शर्मा उपप्रमुखमा विजयी हुनुभएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित