मौलिक पन्चेबाजा गित ‘मालिकामा टल्क्यो गजुर’ सार्वजनिक

मौलिक पन्चेबाजा गित ‘मालिकामा टल्क्यो गजुर’ सार्वजनिक

Badigad Online
1 Min Read

गुल्मी । गुल्मी मुसिकोटका सर्जक कृष्ण गौतमको मौलिक पन्चेबाजामा आधारित ‘मालिकामा टल्क्यो गजुर’ गीत सार्वजनिक गरिएको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर ६ कुर्घाको माटोले जन्माएको सर्जक कृष्ण गौतमको मौलिक पन्चेबाजामा आधारित उक्त कृष्ण गौतमको आफ्नै युट्युब च्यानलबाट सार्बजनिक भएको हो ।

मौलिक लोक पञ्चेबाजा सगैं भिडियो निर्माणका क्रममा अधिकाशं दृश्य मुसिकोटमा छायाकंन गरिएको उक्त कृष्ण गैतम र सुनिता बुढा क्षेत्रीले स्वर दिनुभएको छ । भने ओबी रायमाझी, शोना घिमिरे, रामु गौतम र बर्षा गौतमको मुख्य अभिनय रहेको छ ।

म्युजिक भिडियोको अधिकाशं दृश्य मुसिकोट नगरपालिका वडा नम्बर ६ स्थित गायक एवम् सर्जक कृष्ण गौतमकै घरमा गरिएको हो । भिडियोमा मुसिकोटका धार्मिक एवम् पर्यटकीय स्थलहरुलाई समेत कैद गरिएको छ ।

पश्चिम क्षेत्रकै धार्मिक धरोहर बोकेको मालिका मन्दिर, कुर्घामै रहेको स्वाँरा होम स्टे, मुसिकोट नगरपालिकाको केन्द्र वामी लगायत मुसिकोट नगरपालिका भित्र रहेका अन्य विभिन्न प्रशिद्ध स्थलहरुको दृश्य समेटिएको छ ।

यस्तो छ सार्वजनिक गरिएको गीत र भिडियो

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित