मुसिकोट वडा नं ८ को वडाध्यक्ष पदमा पुन : दोहोरिदै सापकोटा

मुसिकोट वडा नं ८ को वडाध्यक्ष पदमा पुन : दोहोरिदै सापकोटा

Badigad Online
1 Min Read

गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मुसिकोट नगरपालिका वडा नं ८ मा पुन : नारायण सापकोटालाई वडाध्यक्ष पदमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा वडा नं ८ बाट वडाध्यक्ष पदमा विजय हासिल गरेका सापकोटा पुन : वडाध्यक्ष पदको उम्मेदवार बनेका हुन् । सापकोटा नेकपा एमाले जिल्ला कार्यसमिति गुल्मीका सदस्य समेत हुन् ।

बुधवार बसेको वडा कमिटी बैठकले सापकोटालाई सर्वसम्मत उम्मेदवार बनाउने निणर्य गरेको हो ।

सापकोटासगैं महिला सदस्यमा सम्झना खत्री, दलित महिला सदस्यमा साबित्रा बि क,खुल्ला सदस्यमा चन्द्र घर्ती र हिरा बहादुर नेपाली सर्वसम्मत उम्मेदवारको रुपमा चयन भएका छन् ।

विगत ५ वर्षे कार्यकालमा अपुरा र जनतामाझ बाचा गरेका कतिपय कामहरु पुरा गर्न र वडा नं ८ को समग्र विकासका लागि आफुले उम्मेदवारी दिएको वडाध्यक्ष पदका उम्मेदवार सापकोटाले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित