आज खोला तरेरै देखाउछु भनेर खोलामा हाम फालेका कर्ण मृ*त फेला !
जीवन पाण्डे, बाग्लुङ्ग, ११ भदौ – मुसिकोट नगरपालिका – ०१, बगा घर भएका ३५ बर्षिय कर्ण बहादुर जि.सी बडिगाड गाउपालिका -०५, जोगि बगरमा मृ*त फेला परेका छन । उनी बिहान करिव ११ बजे काम बिषेशले बडिगाड गाउपालिका -०५, एक्ले खेतबाट कालिरह भन्ने स्तानसम्म पैदल आइ सोही ठाउबाट आज खोला तरेरै पारी (घरमा) जान्छु भन्दै बडिगाड खोलामा हाम फालेका थिए । केही समय पौडिएर पारी पट्टि पुग्नै लाग्दा खोलाले बगाएको प्रतक्षदर्शी लाल बहादुर नेपाली ले बताएका छन ।
बडिगाड खोला धमिलो भएका कारण उनी छिनभरमै बाहिरी सतहमा देखीन छोडेका थिए । स्थानिय एबम प्रहरी ले घटना बारे जानकारी पाएपछि सवैले उनलाइ खोजी गरेका थिए । करिव २ घण्टा पश्चात ग्वालिचौर प्रहरिले जोगिबगर भन्ने स्थानमा उनको शव फेला पारेको ग्वालिचौर प्रहरी प्रमुख लालमणी भट्टराइले बडिगाड अनलाइन लाइ बताउनु भएको छ । श*व फेला पारेपछी ग्वालिचौर प्रहरिले इलाका प्रहरी बुर्तिवाङ लाई खवर गरेको हो ।
इ.प्र.का बुर्तिवाङले ग्वालिचौर प्रहरी एबम स्थानिय सहयोगमा शवलाइ पानीबाट बाहिर निकाली मुजुल्का तयार पारेको हो । पोस्टमाटमका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पठाएको छ । कर्णलाइ करिव ३ किलोमिटर खोलाले बगाएको हो । उनको टाउको एबम शरिरका विभिन्न स्थानमा चो*ट लागेको छ । उनको घरमा बृद्द बुवा आमा एक छोरी र एक छोरा छन भने श्रीमती केही बर्ष पहिला नै घर छोडेर अर्कै सङ्ग गएकि थिइन ।







