शिक्षा र स्वास्थ्य नै प्रमुख प्राथमिकतामा छन् : खत्री

शिक्षा र स्वास्थ्य नै प्रमुख प्राथमिकतामा छन् : खत्री

Badigad Online
3 Min Read

बडिगाड । बागलुङको बडिगाड गाउँपालिकामा प्रमुख ३ दल गठबन्धन सहित चुनावी मैदानमा होमिएका छन् ।

पालिकामा क्रियाशिल प्रमुख दल नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,राष्ट्रिय जनमोर्चा सहित अन्य दलहरुले गठबन्धन गरेर विकास र समृद्धिको अवधारणा सहित आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराईसकेका छन् ।

उक्त पालिकामा गठबन्धनको भागवण्डा अनुसार वडा नं ६ मा नेपाली काँग्रेसको तर्फबाट विर बहादुर खत्री वडाध्यक्षको उम्मेदवार बनेका छन् । उक्त वडामा २०७४ सालको स्थानीय तह निर्वाचनमा युवा नेता मौसम काजी क्षेत्रीले काँग्रेसको तर्फबाट वडाध्यक्ष पदमा विजयी हासिल गरेका थिए ।

सोही वडामा खत्री अहिले वडाध्यक्ष पदका उम्मेदवार बनेका छन् । पुराना बाँकी रहेका कामहरु पुरा गर्न र आफ्ना केही नयाँ योजनाका साथ आफु चुनावी मैदानमा होमिएको उनको भनाई छ । खत्रीले मुख्यत शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर आफ्ना प्रतिबद्धता बनाउँदैछन् ।

निःशुल्क र गुणस्तरीय प्राविधिक शिक्षा, स्वास्थ्य सेवा,फोहोर व्यवस्थापन तथा सरसफाई कार्यक्रम,गरिब विपन्न र दलित एवम् पिछडिएको वर्गका लागि स्वास्थ्य कोषको स्थापना गर्ने खत्रीका प्रतिबद्धता छन् ।

त्यस्तै बिउ विजन तथा कृषि उपकरण अनुदानमा समान पहुँच तथा कृषि,पशु बिमा निशुल्क गर्ने पनि योजना रहेको उनले सुनाए । सबै टोलमा वडाले बनाएका सडक योजनाहरुलाई सम्पन्न गर्ने,स्वच्छ खानेपानीको पहुँचमा प्रत्येक वडाबासी नागरिकलाई पुर्याउने प्रतिबद्धता पनि उनका छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा जस्तै यसपल्ट पनि काँग्रेस नेतृत्वलाई जनताले विश्वास गरेर विजयी गराउनेमा उनी विश्वस्त छन् । ‘पालिकामा प्रमुख नहुँदा पनि अघिल्लो पटक वडा नं ६ ले गरेको काम जनताले देखेका छन्,उनले भने यसर्थ पनि फेरी विश्वास गरेर वडा नं ६ बासीले रुख चिन्हमा मतदान गरी विजयी बनाउनेछन् ।’

गाउँमा राजनीतिसगैं सामाजिक क्षेत्रमा क्रियाशिल खत्रीले २०५४ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्य लिएका थिए । राजनीति सेवाको रुपमा लिने उनले गाउँमा हुने विभिन्न विपत्तिहरुमा सहयोग एवम् सहयोगका लागि समन्वय गर्दै आईरहेका छन् । उनी हाल नेपाली काँग्रेस बडिगाड वडा नं ६ वडा कार्यसमितिका उपसभापति समेत हुन् ।

उनले उपभोक्ता समिति,विभिन्न सघं संस्था र प्रतिनिधि सघंहरुमा नेतृत्व तहमा काम गरेर थुप्रै सामाजिक कार्यका अनुभवहरु सगांलेका छन् ।बुद्ध माध्यमिक विद्यालय व्यवस्थापन समितिको २ कार्यकाल अध्यक्ष रहेर काम गरेका खत्री वडा नं ६ मा शिक्षाको ज्योति छर्ने एक अभिभावकको रुपमा चिनिन्छन् । त्यस्तै वडा स्तरीय कृषि समितिको अध्यक्ष समेत बनेका उनी जिल्ला स्तरीय असल कृषक सम्मानबाट पनि सम्मानित भएका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित