फरक सोँचका साथ बडिगाड ५ मा उदाएका युवा उम्मेदवार !

फरक सोँचका साथ बडिगाड ५ मा उदाएका युवा उम्मेदवार !

Badigad Online
2 Min Read

बागलुङ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा देशभर युवाको उपस्थिति र सहभागीता उत्साहजनक देखिएको छ । स्थानीय सरकारको नेतृत्व गर्न युवाहरु पनि अग्रसर देखिएका छन् ।

जनताको नजिकको सरकार स्थानीय सरकारमा पाका पुस्ताको अनुभव र युवाको जोस सहित केही युवापक्तिंहरुलाई विभिन्न पार्टीहरुले उम्मेदवारको रुपमा अगाडी सारेका छन् ।

त्यस्तै युवा उम्मेदवारको रुपमा बडिगाड गाउँपालिका वडा नं ५ बाट रमेश बहादुर घिमिरेलाई काँग्रेसले उम्मेदवार बनाएको छ । घिमिरे साझा गठबन्धनको तर्फबाट वडा नं ५ मा वडाध्यक्षको पदमा निर्वाचन लड्दैछन् । थुप्रै राजनीतिक र सामाजिक अनुभव सगांलेका युवा उम्मेदवार घिमिरेले फरक सोँचका साथ उम्मेदवार बनेको बताउँछन् ।

आफु समग्र युवाहरुको सहभागीतामूलक प्रतिनिधि भएकाले जित सुनिश्चित रहेको घिमिरेले बताए । बडिगाड गाउँपालिका वडा नं ५ को सामाजिक,आर्थिक विकास र नमुना वडा बनाउने प्रण सहित चुनावी मैदानमा आएको बताउने घिमिरेले फोहोर व्यवस्थापन,प्लाष्टिक मुक्त वडा बनाउने र बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने खालका कार्यक्रमहरु अगाडी सारेका छन् ।

त्यस्तै वर्षको १ पटक निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने,वडाका सेवाहरुलाई डिजिटल प्रविधिमैत्री बनाउँदै अनलाईन मार्फत सञ्चालन गर्ने,वडाको विकासका लागि गुरुयोजना बनाएर काम गर्ने,विद्यमान करको दायरालाई घटाउने लगायतका प्रतिबद्धता घिमिरेका छन् ।

को हुन् वडाध्यक्ष पदका उम्मेदवार घिमिरे ?

२०३३ साल भाद्र ७ गते बडिगाड गाउँपालिका ५ खार बजारमा जन्मिएका घिमिरे २०४६ सालको जनआन्दोलनमा सहभागी भई सक्रिय रुपमा राजनीतिमा लागेका थिए ।

नेपाल विद्यार्थी सघं मार्फत गाउँ र सहरका विभिन्न क्याम्पसहरुमा ईकाई समितिमा रहेर काम गरेका उनी विभिन्न समयमा पार्टीले प्रदान गरेको जिम्मेवारी सक्रिय रुपमा पुरा गरेका थिए ।

उनले विभिन्न सामाजिक काममा पनि उपभोक्ता समितिका विभिन्न पदमा रहेर काम गरेको अनुभव सगांलेका छन् । सरल र सादगी स्वभावका उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचन परिचालन समितिमा रहेर पनि काम गरेका थिए ।

उनी हाल नेपाली काँग्रेस बडिगाड गाउँ कार्यसमितिका सदस्य समेत रहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित