मुसिकोट नगरपालिकामा हाल रहेको कर ८० प्रतिशतसम्म छुट गर्छौँ : सापकोटा

मुसिकोट नगरपालिकामा हाल रहेको कर ८० प्रतिशतसम्म छुट गर्छौँ : सापकोटा

Badigad Online
1 Min Read

गुल्मी । मुसिकोट नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट साझा गठबन्धनका नगरप्रमुख पदका उम्मेदवार हरिनारायण सापकोटाले नगरले अहिले लिँदै आएको करमा आफुहरु विजयी भए भारी छुट गर्ने बताएका छन् ।

मुसिकोट नगरपालिका वडा नं २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा सापकोटाले नगरपालिकाले हाल भौगोलिक अवस्था र जनताको आयस्तर नबुझी मनपरी ढगंले कर असुलेकाले आफुहरु विजयी भएमा हाल रहेको करलाई ८० प्रतिशतसम्म छुट गर्ने बताएका हुन् ।

‘वामीटक्सार बजार र मुसिकोट देउरालीको कर एउटै छ,सापकोटाले भने यो जनतामाथि अन्याय हो हामी विजयी भयौँ भने वामीबजार र अन्य ग्रामीण वस्तीहरुको कर एकै गराउने छैनौँ ।’

सापकोटाले आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकहरुले भार बोक्नै नसक्ने करी एमालेको सरकारले कर थुपारेको बताए ।

उक्त चुनावी सभालाई नेकपा एकीकृत समाजवादीकी सचिव एवम् सहरी विकास मन्त्री रामकुमारी झाँक्री,नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी,नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य भुवन प्रसाद श्रेष्ठ,नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु कुमारी सापकोटा,नेकपा माओवादी केन्द्रका गुल्मी सयोंजक बुद्धि जिसी,नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नरेश भण्डारी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित