बडिगाडमा एमालेमा पहिरो ७६ जना पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश

बडिगाडमा एमालेमा पहिरो ७६ जना पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश

Badigad Online
1 Min Read

बागलुङ । बडिगाड गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले परित्याग गरि ७६ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

गाउँपालिकाको वडा नं ६ खालमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेमा लामो समयदेखि सक्रिय उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

शमसेर प्रताप सिहं,रविन्द्र श्रेष्ठ,टकं केसी,दिपेन्द्र थापा लगायत ७६ जना भन्दा बढी काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली काँग्रेसका नेताहरुले खादा र अबिर लगाएर नेपाली काँग्रेसमा स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली काँग्रेस जिल्ला कार्यसमिति उपसभापति सागर छन्त्यालले जनताको भरोसाको पार्टी नेपाली काँग्रेस मात्रै भएको दाबी गरे । उनले नवप्रवेशीहरुलाई स्वागत गर्दै विशाल पार्टी नेपाली काँग्रेसमा गोलबद्ध भएकोमा धन्यवाद व्यक्त गरे ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशेष अतिथि एवम् बडिगाड गाउँपालिका अध्यक्ष पदका उम्मेदवार गण्डकी थापा अधिकारीले समयमै कम्युनिष्टबाट परिवर्तन सम्भव छैन् र जनताको पार्टी नेपाली काँग्रेस नै हो भनेर काँग्रेसमा प्रवेश गरेकोमा धन्यवाद दिँदै स्वागत गरिन् ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्यहरु,महाधिवेशन प्रतिनिधि,पूर्व महाधिवेशन प्रतिनिधि,क्षेत्रीय सदस्यहरु,प्रदेश (क) सदस्यहरु,पालिका स्तरका नेताहरु साथै बडिगाड गाउँपालिका वडा नं ६ का बौद्धिक एवम् सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेस बडिगाड गाउँ कार्य समिति सभापति कृष्ण गुरुङको सभापतित्व रहेको पार्टी प्रवेश कार्यक्रमको सञ्चालन सचिव कमल चालिसेले गरेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित