बडिगाड खोलामा गुल्मी र बाग्लुङ्गका गरी २ ब्यक्तिको शव फेला ।।
अनिश शर्मा गैरे, गुल्मी ११ भदौ ।
बुधबार बडिगाड खोलामा २ ब्यक्तिको शव फेला परेको छ । खोला तर्ने क्रममा खोलाले बगाएर मुसिकोट नगरपालिका १ बगाहाका ३५ बर्षिय कर्ण बहादुर जि.सीको मृत्यु भएको छ । उनी बाग्लुङ्गको बडिगाड गाउपालिका ०५, जोगि बगरमा मृत फेला परेका हुन । उनी बिहान करिव ११ बजे काम बिशेषले बडिगाड गाउपालिका ५, एक्ले खेतबाट कालिरह भन्ने स्थानमा आएका थिए । घर जाने क्रममा क्रममा तरेरै पारी जान्छु भन्दै बडिगाड खोला तर्न लाग्दा खोलाले उनलाइ बगाएको थियो । केही समय पौडिएर पारी पट्टि पुग्नै लाग्दा खोलाले बगाएको प्रतक्षदर्शी लाल बहादुर नेपाली ले बताएका छन ।
बडिगाड खोला धमिलो भएका कारण उनी छिनभरमै बाहिरी सतहमा देखीन छोडेका थिए । स्थानिय एवं प्रहरीले घटना बारे जानकारी पाएपछि सवैले उनलाइ खोजी गरेका थिए ।
करिव २ घण्टा पश्चात ग्वालिचौर प्रहरिले जोगिबगर भन्ने स्थानमा उनको शव फेला पारेको ग्वालिचौर प्रहरी प्रमुख लालमणी भट्टराइले जानकारी दिए । शव फेला पारेपछी ग्वालिचौर प्रहरिले इलाका प्रहरी बुर्तिवाङ लाई खवर गरेको थियो । शवको पोष्ट मार्टमको लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङ्ग पठाइएको छ । यस्तै बडिगाड खोलामै एक महिलाको शव फेला परेको छ । बाग्लुङ्गकोे निसीखोला गाँउपालिकाकी हरिकला बुढाको मुसिकोट नपा १ बगाहा ओर्गती धन्ने स्थानमा बडिगाड खोलामा भेटिएको हो । सो घटनाको बिषयमा भने अन्य जानकारी आउन बाँकी छ ।