गुल्मी : गुल्मीकोे छत्रकोट गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा रामप्रसाद पाण्डे र उपाध्यक्षमा सावित्रा ज्ञवाली विजयी भएका छन् ।
काँग्रेस-जनमोर्चा गठबन्धनलाई हराउँदै अध्यक्षमा एमालेका रामप्रसाद पाण्डेय ६३८ मतान्तर र उपाध्यक्षमा सावित्रा ज्ञवाली १ हजार ३ सय ४८ मतान्तरले विजयी भएका हुन् ।
पाण्डेले ६ हजार ५ सय ८६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका अनन्तराम पौडेलले ५ हजार ९ सय ४८ मत ल्याए ।
त्यस्तै उपाध्यक्ष पदमा ज्ञवाली ६ हजार ४ सय ७२ मतका साथ विजयी हुँदा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका गुमानसिंह पुन मगरले ५ हजार १ सय २४ मत ल्याएका थिए ।
छत्रकोटमा वडाध्यक्षहरुमा भने काँग्रेस एमालेले ३/३ वडा जितेका छन् । काँग्रेसका तर्फबाट वडा नं. १ मा घनश्याम न्यौपाने, २ मा नरेन्द्रबहादुर पल्ली र ५ मा रामप्रसाद कंडेल विजयी भएका छन् ।
त्यस्तै एमालेका तर्फबाट वडा नं. २ मा तेजकान्त अर्याल, ४ मा गुणाकर ज्ञवाली र ६ मा नारायण रेश्मी विजयी भएका छन् ।