गण्डकीलाई बधाई दिदै राजनले भने – ‘म व्यक्तिले हारेपनि बडिगाडबासीले जितेका छौं’

गण्डकीलाई बधाई दिदै राजनले भने – ‘म व्यक्तिले हारेपनि बडिगाडबासीले जितेका छौं’

Badigad Online
2 Min Read

बडिगाड । बडिगाड गाँउपालिकाको अध्यक्ष पदमा एमालेको तर्फबाट उम्मेद्वार रहेका राजन पाइजाले आफूले हारेपनि बडिगाडबासीले जितेको बताएका छन् ।

अध्यक्षमा गडबन्धनको तर्फबाट निर्वाचित नेपाली काँग्रेसकी नेत्री गण्डकी थापालाई बधाई दिदै उनले आफूले हारेपनि बडिगाड गाँउपालिकाबासीले जितेको बताए । उनले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘हामिहरु दुवैले बडिगाडलाई समृद्ध बनाउनको लागि आआफ्नो प्रतिबद्धता सहित चुनावी मैदानमा होमियौ तर जित एकैको हुनु थियो र भयो जितको शुभकामना दिदी ।’

उनले आफूलाई अमूल्य मत दिने सबै मतदाताहरुलाई आभार समेत व्यक्त गरे । साथै वडागत रुपमा अध्यक्षमा निर्वाचित भएका कम्युनिष्ट पार्टीका वडाध्यक्षहरुलाई पनि बधाई दिदै एकदिन फेरी मिलेर अघि बढ्ने दिन आउने समेत बताए ।

यस्तो छ उनले लेखेको वक्तब्यः

आदरणीय बडिगाडबासी आमा बुवा दाजुभाई एवंम दिदीबहिनीहरु! बडिगाड गाउपालिकालाई समृद्ध बनाउनको लागि नेपाल कम्युनिष्ट पार्टि एमालेको तर्फबाट गठबन्धन दलहरूको प्रतिस्पर्धामा गांउपालिका अध्यक्ष पदमा मेरो उम्मेदवारी थियोे ।
जित र हार स्वभाविकनै हो , आज म व्यक्तिले हार्दै गर्दा बडिगाडबासिले जितेका छाैं।।
हामिहरु दुवैले बडिगाडलाई समृद्ध बनाउनको लागि आ-आफ्नो प्रतिबद्धता सहित चुनावि मैदानमा होमियाै तर जित एकैको हुनु थियो र भयो जितको शुभकामना दिदी😍😍😍
बिजय र पराजय स्वभाविक प्रक्रिया हुन,भोक निद्रा थकाई नभनी रात दिन खटने पार्टी एवंम नेता😍 कार्यकर्ता,मलाई आफ्नो अमुल्य मत प्रदान गर्नुहुने आदरणीय मतदाताहरु सबै सबैमा यहाँहरुले गर्नुभएको अतुलनीय योगदान को उच्च कदर गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछु।
हामिलाई बिश्वास गरि एक्लै नेपाल कम्युनिष्ट पार्टि एमाले चुनावि मैदानमा जाँदै गर्दा पनि ५८१४ मत दिनुहुने सबैमा हार्दिक नमन ब्यक्त गर्दछु ।।।
पार्टिले दिएको जिम्मेवारी पूरा गर्न सकेन यस्को लागि क्षमा चाहान्छु ।।।😊😊😊
खुसि यस कुरामा छु कि??? 😊😊😊
१ देखि १० वटा वडाहरु मध्ये १,२,३,४,५,८,१० वटा वडाहरु कम्युनिष्ट बिचार र सिद्धान्त मान्ने पार्टिले जित्नु भएकोछ उहांहरु सबैमा हार्दिक बधाई छ किनकि एक दिन कम्युनिष्ट मिल्नु नै छ 😍😍😍
यो मात्र अन्तिम चुनाव होइन् ।। जनताको काममा सदैब समर्पित रहने बाचा प्रतिबद्धताका साथ बिजयी हुनुभएका साथीहरुलाई हार्दिक हार्दिक बधाई एवम शुभकामना ।।।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित