बागलुङ : बागलुङको बडिगाड गाउँपालिका वडा नं ५ को यसवर्षको स्थानीय चुनाव निकै रोचकका साथ हेरिएको थियो । उक्त वडामा निकै प्रतिष्प्रधा हुने धेरैको आकंलन थियो ।
नेपाली काँग्रेसका बलिया नेता अन्तिम समयमा आएर नेकपा एमालेमा प्रवेश गरी टिकट पाएपछि धेरैको आकंलन चुनाव निकै रोचक बन्छ भन्ने थियो ।
उक्त वडामा नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार विष्णुप्रसाद आचार्य विजयी भएका छन् । आफ्ना प्रतिद्धन्दी नेपाली काँग्रेसका रमेश बहादुर घिमिरेलाई २ सय १४ मतले पछाडी पार्दै आचार्य वडाध्यक्षमा निर्वाचित भएका हुन् । अन्य सम्पूर्ण वडा सदस्यहरुमा भने नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।
निर्वाचित वडाध्यक्ष आचार्य स्थानीय तह निर्वाचन २०७९ को मनोनयन दर्ताको क्रममा नेपाली काँग्रेसले टिकट नदिएपछि नेकपा एमाले प्रवेश गरेर टिकट पाएका थिए । आचार्य त्यसक्षेत्रका अब्बल नेता मानिन्छन् ।
उनको नेकपा एमाले प्रवेशले काँग्रेसमा ठुलो धक्का लाग्ने धेरैको विश्लेषण थियो । नभन्दै उनले उक्त वडामा ५१ वर्षपछि नेकपा एमालेलाई विजयी बनाउन सफल भएका छन् । उनले नेपाली काँग्रेसको विरासत नै ढलाईदिएका छन् ।
यसो त उनलाई विजयी गराउन काँग्रेसकै केही नेताहरुको हात रहेको केही स्थानीयको भनाई छ । आचार्यलाई सहानुभूतीका भोट सगैं काँग्रेसकै केही नेताहरुले सहयोग गरेको स्थानीय वृतमा चर्चा छ ।