बागलुङमा फेरी बढ्दै कोरोना सक्रंमित : प्रशाशनले जारी गर्यो यस्तो सुचना

बागलुङमा फेरी बढ्दै कोरोना सक्रंमित : प्रशाशनले जारी गर्यो यस्तो सुचना

Badigad Online
2 Min Read

बागलुङ : बागलुङमा पछिल्लो समय कोरोना संक्रमण दर बढेको छ । बुधबार मात्रै बागलुङ नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा व्यवसायी सहित २० जनामा कोरोना देखिएको छ ।

लक्षण देखिएकाहरुमा गरिएको एन्टिजेन्ट परिक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या २६ पुगेको छ । जिल्लामा एक सातादेखि कोरोना संक्रमित देखिन थालेका हुन् । कोरोना संक्रमितको संख्या बढेसंगै जिल्लामा सचेतना अपउान थालिएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङले कोरोनाको नयाँ भेरियन्ट बढेकाले सचेत रहन आग्रह गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण BA.5 नेपालमा बढिरहेको सन्र्दभमा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड केन्द्रले बुधबार राती देखि लागु हुँने गरी भीडभाडमा कडाई गरेको छ । प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गर्न सबैलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश ढकालद्वारा जारी सूचनामा धेरै मानिस भीड भाड हुँने क्रिर्याकलाप नगर्ने, विद्यालय, कलेज तथा ट्युसन सेन्टर र तालिम सहितका शैक्षिक क्रिर्याकलाप, सपिङ महल तथा होटल रेष्टुराँ जनस्वास्थ्यको मापदण्ड अपनाएर सञ्चालन गर्न आग्रह गरेको छ ।

यस्तै सार्वजनीक यातयातका सम्बन्धमा सवारीलाई नियमित रुपमा निसङ्क्रमित गर्ने, स्वास्थ्य मापदण्डकको पालना गर्ने, खोप कार्ड अनिवार्य साथमा राख्ने तथा कोरोनाको लक्षण देखिएमा तुरुन्तै जाँज गराउन आग्रह गरेको छ ।

जिल्ला प्रशासनले जारी गरेको आग्रहलाई सम्बन्धीत स्थानीय तह, तथा समन्वयकर्ता र सरोकारवालाहरुलाई कार्यान्वयमा सहजीकरण गर्न प्रशासनले आग्रह गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित