वडिगाडका सात सय घरमा ‘एक घर एक धारा’ पुग्दै

वडिगाडका सात सय घरमा ‘एक घर एक धारा’ पुग्दै

Badigad Online
4 Min Read

बागलुङ : खानेपानीको चरम समस्या रहेको दगातुम्डाँडामा अब घर घरमै निर्मित धारामा पानी खस्ने भएका छन् । बडिगाड गाउँपालिका–२ दगातुम्डाँडा सञ्चालित ‘एक घर एक धारा’ कार्यक्रम अन्तिम चरणमा पुगेको हो ।

सात सय घरधुरी रहेको वडामा झण्डै पाँच सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आईसकेको गाउँपालिकाले जनाएको छ । साबिक दगातुम्डाँडा गाविसको वडा नं. ६, ७, ८ र ९ वडामध्ये ८ र ९ वडामा ‘एक घर एक धारा’ तयार भैसकेको गाउँपालिकाले जनाएको छ । साविकका वडा नं. ६ र ७ मा पनि पानी पु¥याउने काम अन्तिम चरण पुगेको छ ।

बडिगाड गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)संगको सहकार्यमा घर घरमा पानी पु¥याउने अभियान चलिरहेको हो । नेवाले ८ र ९ मा काम सम्पन्न गरिसकेको छभने वडा नं. ६ को हाँडिखोलामा यसै महिनादेखि काम शुरु गरेको छ । साविकको ६ र ७ मा गण्डकी प्रदेशको बहुबर्षे कार्यक्रमअन्र्तगत खानेपानी आयोजना सञ्चालनमा छ ।

जिमस् सक्न्यार, लफरे सिरसिरे र राक्से बडहरे खानेपानी अयोजनाको काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । हाँडिखोला खानेपानी अयोजनामा कामको शुरुवात भएको छ । निर्माण सम्पन्न भएका उक्त आयोजनाको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले उद्घाटन गरेपछि पानी वितरण सुरु भएको छ ।

जिमी सक्न्यार खानेपानी आयोजनाबाट ३ विद्यालयसहित १२७ धारा, लफरे सिरसिरे खानेपानी अयोजनाबाट ५९ धारा र राक्से बडहरे खानेपानी अयोजनाबाट ६० धारा निर्माण गरि साबिक वडा नं. ८ र ९ का सबै घरधुरीमा खानेपानी पुगेको नेवाका सामाजिक प्राविधिक कुशल थापाले जानकारी दिए ।

थापाका अनुशार जिमी सक्न्यार खानेपानी आयोजनामा नेवाको ६२ लाख, गाउँपालिकाको २९ लाख ३९ हजार ४१२, स्थानीयको ३ लाख ९९ हजार सहयोग र २९ लाख बराबरको जनश्रमदान गरि कुल १ करोड २४ लाख ३८ हजार ४१२ मा सम्पन्न भएको हो । बडिगाड वडा नं. १ बेतनीमा खानेपानी मुहान रहेको उक्त आयोजनामा १२ वटा खानेपानी ट्याङ्की निर्माण गरिएको छभने २६ हजार ९ सय ११ मिटरमा खानेपानि पाईप विछ्याईएको छ ।

यस्तै, नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को २९ लाख ३४ हजार ५७३ बडिगाड गाउँपालिकाको ५ लाख ८३ हजार ७ सय २९, स्थानीयको १ लाख ५६ हजार ६ सय र जनश्रमदान १३ लाख ६ हजार २६० गरि कुल ३८ लाख ११ हजार १६२ रुपैया लागतमा लफरे सिरसिरे खानेपानी अयोजना समेत सम्पन्न भएको थापाले बताए । लफरे सिरसिरे खानेपानी अयोजनाको मुहान वडा नं. १ को सिरसिरेमा रहेको छभने चारवटा ट्याङ्की निर्माण गरि ५९ धारामा खानेपानी पु¥याईएको छ ।

त्यस्तै, १५ लाख ९९ हजार २२२ नेपाल स्वास्थ्यका लागि पानी (नेवा), बडिगाडको ५ लाख, समुदायको २ लाख ३६ हजार र जनश्रमदान ४ लाख ९१ हजार ७०५ गरि कुल २८ लाख २६ हजार ९२७ को लागतमा राक्से बडहरे खानेपानी आयोजना सम्पन्न भएको छ । बडहरेमा मुहान रहेको उक्त खानेपानी आयोजनाको लागि चारवटा ट्याङ्की निर्माण गरिएको छ । जसबाट ६० धारामा खानेपानी पुगेको छ । राक्से बडहरे खानेपानी आयोजनाको लागि ७ हजार ५६० मिटर लामो पाईपलाईन निर्माण गरिएको छ ।

साबिक दगातुम्डाँडा गाविसको वडा नं. ६ र ७ का चार सय घरधुरी लाभान्वित हुने गरि प्रदेश सरकारमार्फत खर्वाङ दनिया लिफ्टिङ खानेपानी आयोजनाको काम भईरहेको समितिका अध्यक्ष डिप्लोमा खरेलले बताईन् । सबै काम सकिएको र सिओडी मेसिन जडानपछि पानी वितरण गरिने छ । तर, उक्त लिफ्टिङ अयोजनाले साबिकको वडा नं. ६ हाँडिखोलालाई समेटेको छैन । जसको लागि नेवाले हाँडिखोलामा खोपानी अयोजना निर्माण गर्न पहिलो चरणको सर्वैको काम सकिसकेको छ ।

बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले बडिगाड २ मा खानेपानी आयोजना सम्पन्न भएपनि यसले पालिकाको ‘एक घर एक धारा’ कार्यक्रमलाई सफल बनाउने काम गरेको बताए । ढोरपाटन

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित