ग्लोबल नेप्लिज कराते अर्गनाईजेसनद्धारा बडिगाड डोजोलाई खेलकुद सामाग्री वितरण

ग्लोबल नेप्लिज कराते अर्गनाईजेसनद्धारा बडिगाड डोजोलाई खेलकुद सामाग्री वितरण

Badigad Online
1 Min Read

बागलुङ । ग्लोबल नेप्लिज कराते अर्गनाईजेसनले बागलुङको बडिगाड गाउँपालिकामा अवस्थित बडिगाड डोजोलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।

काठमाण्डौ स्थित चन्द्रागिरी बेसिक सितोरियो करातेको हलमा अर्गनाईजेशनले खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । डोजोका लागि आवश्यक पर्ने विभिन्न खेलकुद सामाग्रीहरु डोजोलाई उपलब्ध गराएको बडिगाड डोजोका अध्यक्ष राजन पाईजाले जानकारी दिनुभयो ।

कार्यक्रममा चन्द्रागिरि डोजोका अध्यक्ष सङ्करत्न महर्जनले खेलकुदमा लाग्ने खेलाडि, प्रशिक्षकहरुलाई बिदेशमा बसेर पनि खेलकुदलाई माया गरेर सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा ग्लोवल नेप्लिज कराते अर्गनाईजेसन नेपालका प्रतिनिधि सुरेन्द्रलाल भेलेले आगामि दिनहरुमा खेलकुदमा निरन्तर लाग्ने डोजोहरुलाई छनोट गरि अन्य सामाग्रिहरु प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा पुर्व कराते चिफ हिरासिंह डङ्गोल,कराते प्रशिक्षक राम सिहं ठकुरी लगायत अन्य बिशिस्ट व्यक्तिहरुले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

सामाग्रि हस्तान्तरणपछि बडिगाड डोजोका प्रमुख प्रशिक्षक राजन कुमार पाईजाले ग्लोबल नेप्लिज कराते अर्गनाईजेसनलाई खेल र खेलाडिहरु प्रति देखाउनु भएको सहयोगले आफुमा अझ हौसला प्रदान भएको बताउदै धन्यबाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सभा अध्यक्ष चन्द्रागिरि डोजोका अध्यक्ष सङ्करत्न महर्जनको अध्यक्षता र प्रशिक्षक वीर कृष्ण शाहिको सञ्चालनमा सम्पन्न भएको थियो । भने कार्यक्रमको समापन चन्द्रागिरि नगरपालिका वडा नं ९ का अध्यक्ष अच्युत अधिकारीले गर्नुभएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित